निजगढ विमानस्थलबाट विस्थापीतहरुका लागि समुहगत पूर्नबासको माग

निजगढ विमानस्थलबाट विस्थापीतहरुका लागि समुहगत पूर्नबासको माग

प्रतिनिधी सभाको आईतबारको वैठकमा सांसद राम सहाय यादवले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने क्रममा उठाउनुपर्ने त्यहाँको बस्तीलाई समुहगत पुर्नबासको व्यवस्था गर्न माग गर्नुभयो । मुआब्जा लिन स्थानीयले नमानेको भन्दै उहाँले भाषा, संस्कृति अनुसार पुर्नबासको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले मुआब्जा वितरणका लागि सरकारले तय गरेको मापदण्ड पनि समयअनुसार नभएको भन्दै पुर्न मुल्य निर्धारण गर्न सरकारसंग माग गर्नुभयो ।