विकास र समृद्धिमा प्रधानमन्त्रीको बुझाई गलत–गगन थापा

विकास र समृद्धिमा प्रधानमन्त्रीको बुझाई गलत–गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले मुलुकको सम्वृद्धि र विकासप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको बुझाई गलत भएको बताउनुभएको छ । नेपाली काँग्रेस पाल्पा काठमाण्डौ सम्र्पक समितिको तेस्रो अधिवेशनलाई सनिबार सम्बोधन गर्दै नेता थापाले मुलुकलाई राजनीति स्थायीत्व दिएर नभई लोकतान्त्रीक सस्थाहरुलाई मजबुद बनाएर मात्रै नेपालको मुहार फेरिन सक्ने बताउनु भएको हो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको बुझाईमा समस्या छ । राजनीतिक स्थायित्वले होइन लोकतान्त्रिक संस्थालाई मजबुत बनाएर मात्रै नेपालको मुहार फेर्न सकिन्छ ।”