प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक २०७५ पारित

प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक २०७५ पारित

संघीय संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७५ पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो । विधेयक माथिको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. युवराज खतिवडाले राज्यले लिन चाहेको ऋण सिधै सरकारको ढुकुटीमा जाने रकम भएकाले पुर्ननिर्माण लगायत आवश्यकता हेरेर राज्यको विशेष दायित्व निर्वाह गर्नुपर्ने क्षेत्रमा खर्च हुने स्पष्ट पार्नुभयो । उहाँले संकलित रकम भुकम्प पीडितलगायत मुलुकलाई आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, दैवी प्रकोप तथा विकास निर्माणमा प्रयोग गरिने पनि स्पष्ट पार्नु भयो ।