बजेटले संघियतालाई आत्मसात गरेको अर्थमन्त्रीको दावी

बजेटले संघियतालाई आत्मसात गरेको अर्थमन्त्रीको दावी

अर्थमन्त्री युवराज खतिवडाले भूगोल जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको दाबी गर्नुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले भुगोल र जनसंख्यालाई आधार बनाउदै अन्य परिसूचकलाई पनि मध्यनजर गरि सन्तुलित ढंगले बजेट आएको बताउनुभएको हो । उहाँले भुगोल र जनसंख्याको सन्तुलनलाई बुझिदिन आग्रह पनि गर्नुभयोे । उहाँले बजेटले संघियतालाई आत्मसाथ गरेको दाबी समेत गर्नु भएको हो ।