कृषिमन्त्री खनालद्धारा मालपोत कार्यालयको अनुमगन

कृषिमन्त्री खनालद्धारा मालपोत कार्यालयको अनुमगन

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बुधबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गर्नु भएको छ । मन्त्री खनालले बुधबार कार्यालय समय सुरु हुनेबित्तिकै कलंकीस्थित मालपोत कार्यालयको एक्कासी अनुगमन गर्नु भएको हो । राज्यमन्त्री रामकुमारी चौंधरीसहित मालपोत कार्यालयमा पुग्नु भएका उहाँले सेवाग्राहीलाई सास्ती नहुने गरी कायालयको सेवालाई सहज बनाउन मातपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई निर्देशन दिनु भयो । उहाँले मालपोत कार्यालय भ्रष्टाचारको अखडा रहेको सेवाग्राहीले गुनासो गरेपछि आफूले अनुगमन सुरु गर्नु परेको पनि स्पष्ट पार्नु भयो । त्यस अवसरमा प्रमुख मालपोत अधिकृत अधिकारीले सेवा ग्राहीको सेवा सहज बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरिदिन मन्त्री खनालसँग आग्रह गरेका छन ।