नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बंैंक गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्नु भएको हो । आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको हो । गभर्नर नेपालले मौद्रिक नीतिले रोजागारीको अवसर सृजना गर्नका लागि उद्यमशीलता विकासमा वित्तिय साधनको परिचालनमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।मौद्रिक नीतिमा उपभोक्ता मुद्रास्फितिलाई ६ दशमलव ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको छ । त्यसैगरी सरकारले तय गरेको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरी आवश्यक मौद्रिक व्यवस्थापन पनि गरिएको गभर्नर नेपालको जानकारी दिनु भयो ।