सेयर कारोबारलाई विद्युतीय प्रणालीबाट सुरु गर्ने तयारी

सेयर कारोबारलाई विद्युतीय प्रणालीबाट सुरु गर्ने तयारी

सरकारले सेयर कारोबार पनि विद्युतीय प्रणालीबाट सुरु गर्ने तयारी गरेको छ । सेयर कारोबारलाई विद्युतीय प्रणालीबाट सुरु गर्न यही श्रावण १ गतेदेखि परिक्षणको काम सुरु गर्न लागिएको हो । ३ महिना भित्र पूर्ण रुपमा विद्युतीय प्रणालीबाट सेयर कारोबार हुनेगरी यही श्रावण १ गतेदेखि परीक्षणको काम सुरु गर्न लागिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनु भयो । करिव ३ महिनाको परिक्षणपछि सेयर कारोबार पनि विद्युतीय प्रणालीबाटै पूर्ण रुपमा संचालन गर्न सकिने आँकलन गरिएको छ । प्रवक्ता पराजुलीले परिक्षण कालमा सेयर कारोबार गर्दा विद्युतीय प्रणालीबाट हुने सबै समस्याको समाधान खोजिनेछ । परीक्षणपछि यसलाई पूर्ण रुपमा संचालनमा ल्याउने योजना रहेको पनि नेप्सेका प्रवक्ता पराजुलीले बताउनु भयो ।