नविल बैंकको १२ शाखा एकै पटक संचालनमा

नविल बैंकको १२ शाखा एकै पटक संचालनमा

नविल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । नविल बैंकले मंगलबार कर्णाली प्रदेश तथा प्रदेश ७ र प्रदेश ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सूरु हुनेगरी संचालनमा ल्याएको हो । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अनलाईनमार्फत् १२ वटा शाखाको उद्घाटन गर्नु भयो । कर्णाली प्रदेशमा ५, प्रदेश ५ मा १ र प्रदेश ७ मा ६ वटा नबिल बैंकका शाखाहरु संचालन गरिएका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकै पटक १२ वटा शाखा संचालनमा ल्याइएको बताउनु भयो । उहाँले सबै शाखामा आजैबाट कारोबार पनि सुरु गरिएको जानकारी समेत दिनु भएको हो ।