स्थानीय र प्रदेश सरकारलाई बजेट अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिवद्धता

स्थानीय र प्रदेश सरकारलाई बजेट अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले वित्तिय हस्तान्तरणको माध्यामबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आइएको पनि स्पष्ट पार्नु भयो । उहाँले स्थानीय तहमा करको दायरा भने तत्काल बढाउन सकिने अवस्था नरहेको पनि स्मरण गराउनु भयो । कानुन संशोधनको माध्यामबाट पनि स्थानीय र प्रदेश सरकारको स्रोतमा हुने अभावलाई न्यूनिकरण गर्दै लैजाने अर्थमन्त्री खतिवडाको भनाई छ । शुक्रबार अर्थ मन्त्रालयका पत्रकार सम्मेलन गरी उहाँले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढने योजना पनि अघि सार्नु भयो ।