प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको संैद्धान्तिक छलफल सुरु गरिएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले विधेयकमा नर्सिङ, फार्मेसीलगायतका क्षेत्रलाई समेटनु पर्नेमा जोड दिनु भयो । विधेयकले गुणस्तरीय स्वास्थय सेवामा जोड दिएपनि स्वास्थ्य क्षेत्रको समग्र सुधारमा चासो नदिएको उहाँको भनाई छ । डा. गोविन्द केसीसँग सहमति गरेपछि सरकारले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यो विधेयक पेश गरेका थियो । सांसद अधिकारीले विधेयकमा निजी क्षेत्रले ल्याएको विकृतिलाई अन्त्य गर्ने व्यवस्था गर्नुपर्न आवश्यक्ता पनि औंल्याउनु भयो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विधेयकमा भएको व्यवस्था अनुसार कानुन निर्माणमा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकार गोविन्द केसीसँग भएको सहमति अनुसार कानुन निर्माण गर्न इमान्दार हुने विश्वास व्यक्त गर्नु भयो ।