रारा विमानस्थलको ढल व्यवस्थित गर्न माग

काठमाडौं, साउन २८। रारा विमानस्थलबाट वगेको ढल व्यवस्थित गर्न माग गरिएको छ । प्रतिनिधि सभाको वैठकमा वोल्दै सांसद गोपाल वहादुर वमले रारा विमानस्थलको ढल व्यवस्थित गर्न माग गर्नु भएको हो ।
सरकारले वनाएको रारा विमानस्थलको ढल निकास व्यवस्थित नहुदा त्यहाँबाट वगेको पानिले रारा वडा नं ४ को सिंगो गाँऊका खेतियोग्य जमिन वगाएर नष्ट पारेको बताउनु भयो । उहाँले रारा विमानस्थलबाट निकास हुने पानी व्यवस्थित नहुदा सिंगो रारा ताल नै जोखिममा रहेको वताउनु भयो ।
मुगु जिल्ला जडिवुटीको खानी ढुंगाको खानीको रुपमा परिचित रहेको भन्दै मुगु जिल्लालाई नै जडिवुटीको औधोगीक केन्द्रको रुपमा स्थापना गर्न समेत आग्रह गर्नु भयो । विदेशमा पाईने ढुंगाको खानी नेपालको मुगुमै रहेको जानकारी दिदै उहाँले त्यस्ता ढुंगा खानीहरुकोअध्यायन अनुसन्धान गरी उद्योग स्थापना गर्न आग्रह गर्नु भयो । मुगु जिल्लाको रुपणिया देखी नाक्चेलय जोड्ने महत्वपूर्ण योजनामा सरकारले व्यवास्ता गरेको भन्दै उहाँले ऊक्त आयोजनाकामा सरकार न्यूनतम वजेज समेत नछुटाएको वताउनु भयो ।