जे देख्यो त्यसैमा कर ः सांसद त्रिपाठी

जे देख्यो त्यसैमा कर ः सांसद त्रिपाठी

२८ साउन, काठमाडौं ।
सांसद हृदयश त्रिपाठीले देशभरी कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै सरकारले यसलाई बेलैमा नसम्हाले भयावह अवस्था आउने चेतावनी दिनुभयो । संसदमा वोल्दै त्रिपाठीले स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको, परेवा, कुखुरा, साइकल जे देख्यो त्यसमै कर लगाउने काम गरिएको भन्दै उनले उनले यस विरुद्ध देशव्यापी रुपमा आन्दोलन भएको तर्फ सचेत गराउनु भयो ।
‘करको भार बढिरहेको छ कि स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको छ । कुखुरा, परेवा जे देख्यो त्यसमै कर लगाइदिने, हुँदा हुँदा मान्छे देख्यो भने कर लगाउला भन्ने डर भइसक्यो’ उहाँले भन्नुभयो ।