चितवन रत्ननगरमा कर वृद्धिको विरोध

चितवन ,२८ साउन । चितवन रत्ननगरपालिकामा कर वृद्धि गरिएको विरोधमा सुरु गरिएको रिले अनसन आज पनि जारी छ । रत्ननगरपालिकाले कर वृद्धि गरेपछि त्यसको विरोधमा नेपाली काँग्रेससहित स्थानीय राजनीतिक दलहरुले सोमबार पनि रिले अनसनलाई निरन्तरता दिएका हुन ।
नगरपालिकाले अधिनायकवादी शैलीमा कर थोपर्नेलगायतका काम गरेपछि त्यसको विरोधमा रिले अनसन सुरु गर्नु परेको नेपाली काँग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले जानकारी दिनु भयो ।
नगरपालिकाले आन्दोलनरत पक्षहरुसँग वार्ता र सम्वादमार्फत् समस्या समाधान गर्न पनि आग्रह गरेको छ । आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न आफूहरु तयार रहेको नगरप्रमुख वनले बताउनु भयो । आन्दोलनमा उत्रिएका दलहरुले बृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग राखेर आईतबारबाट रिले अनसनको कार्यक्रम सुरु गरेका हुन । वृद्धि गरिएको कर फिर्ता नभएसम्म रिले अनसनलगायतका विरोधका कार्यक्रम जारी राख्ने आन्दोलनकारीहरुले चेतावन समेत दिएका छन ।