सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्न अनुमति

काठमाडौं ,२८ साउन । सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी) बैठकले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न अनुमति दिएको हो । प्रविणता प्रमाण पत्रसम्मको अध्ययन हुने गरी प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न थप ९५ वटा सामुदायिक विद्यालयलाई पनि अनुमति दिने निर्णय गरिएको सिटिइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिनु भयो ।
सिटिईभीटीले २ वर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने प्रधानमन्त्री केपी ओलीको घोषणा अनुसार तयारीको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारेको छ । सदस्य सचिव वाग्लेले सबै प्रदेशमा आवश्यक्ता अनुसार प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने तयारीको कामलाई पनि अघि बढाइएको जानकारी दिनु भयो ।