प्रतिनिधिसभा बैठक, ५ विधेयक पेश

काठमान्डौं, साउन २८ । सरकारले संसदमा विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रालयका मन्त्रीले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५, राहदानी विधेयक २०७५ , उपभोक्ता संरक्षण विधेयक २०७५ , निवृत्तभरण कोष विधेयक २०७५ पेश गरेका हुन् ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५,परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले राहदानी विधेयक २०७५, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृका प्रसाद यादवले उपभोक्ता संरक्षण विधेयक २०७५ र अर्थमन्त्री युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक २०७५ पेश गर्नुभएको हो ।