भारतबाट सिकेर अगाडि बढ्नु पर्ने ः सभामुख महरा

भारतबाट सिकेर अगाडि बढ्नु पर्ने ः सभामुख महरा

काठमाडौं, साउन २९। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ ।
मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजजित एक कार्यक्रममा वोल्दै सभामुख महराल भारतबाट नेपालले सिकेर अगाडि बढ्नु पर्नेमा जोड् दिनु भयो । महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनुपर्नेमा जोड दिनु भयो । उहाँले नेपालको नदीनाला दुवै मुलुकको हितमा उपयोग गर्न सकिने धारणा पनि राख्नु भयो । नेता सिटौलाले दुवै मुलुकको वृहत्तर हित हुने गरी सम्बन्धलाई अझै गाढा बनाउन सरकारलाई पनि सुझाव दिनु भयो ।
नेता सिटौलाले भारतको स्वतन्त्रता आन्दोलनमा जननायक विपी कोइरालालगायतका नेताहरुले दिएको योगदानको पनि स्मरण गराउनु भयो । उहाँले नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास व्यक्त गर्नु भयो ।