सुन तस्करका ठुला माछा छानविनको दायरामा ः गृह मन्त्री थापा

सुन तस्करका ठुला माछा छानविनको दायरामा ः गृह मन्त्री थापा

नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिनु भएको हो ।
उहाँले मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कार्वाहीको दायरामा ल्याइएको पनि खुलासा गर्नु भयो । गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानवीनबाट पत्ता लगाइएको पनि बताउनु भयो । ३३ किलो सुन तस्करीका लागि गठित छानवीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानवीनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ । गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दावी पनि गर्नु भयो ।गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको जानकारी दिनु भयो । उहाँले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी पनि गर्नु भयो । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अव त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिईरहेको पनि बताउनु भयो ।