संघीयतालाई बलियो वनाउनु पर्ने ः मन्त्री यादव

संघीयतालाई बलियो वनाउनु पर्ने ः मन्त्री यादव

काठमाडौं ,साउन २९ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताउनु भएको छ ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहनु भएका उहाँले संघीयता कम्जोर भए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी पनि दिनु भयो । उपप्रधानमन्त्री यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भईरहेको दावी गर्दै सचेत रहन पनि आग्रह गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संघीयताले मात्रै मुलुकका सबै समूदायलाई अधिकारलाई सुनिश्चि गर्ने पनि स्मरण गराउनु भयो ।
उपप्रधानमन्त्री यादवले सबै समूदायको पहिचानलाई स्थापित हुनेगरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिनु भयो ।