काठमा आत्मनिर्भर वनाउने घोषण

काठमा आत्मनिर्भर वनाउने घोषण

काठमाडौं,साउन २९ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले काठमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गर्नु भएको छ ।
मन्त्री बस्नेतले संरक्षण र उपयोगको व्यवहारिक सन्तुलनबाट वन क्षेत्रको विनाश हुन नदिने योजना पनि अघि सार्नु भयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न सरकारले कार्वन व्यापारलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । मंगलबार काठमाडौंमा आयोजित ‘वन दिगोपनाको आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वनको उपयोग गर्दा विनाश हुन्छ भन्ने गलत मान्यता नराख्न पनि आग्रह गर्नु भयो । उहाँले वन क्षेत्रको लाभ स्थानीय जनतालाई दिए उनीहरु आफैले वनको संरक्षण गर्ने पनि स्मरण गराउनु भयो ।
मन्त्री बस्नेतले विश्वका धनी राष्ट्रहरुले जलवायु परिवर्तनमा पारिरहेको असर नेपालमा पनि परेको भन्दै त्यसको क्षतिपूर्तिका लागि सरकारले पहल गरिरहेको पनि बताउनु भयो ।