साझा प्रकाशनका पूर्व कमचारीहरु धर्नामा

साझा प्रकाशनका पूर्व कमचारीहरु धर्नामा

काठमाडौं साउन ३० स्वेच्छिक अवकासको प्रलोभन देखाएर आफुहरुलाई सेवा सुविधाबाट बन्चित गरिएको भन्दै स्वेच्छिक अवकासको नाममा विना पैसा हटाईएका कर्मचारीहरु पुर्नवहालीको माग गर्दै साझा प्रकाशनको कार्यालयमा धर्ना बसेका छन् । .
२०७३ सालमा स्वेच्छिक अवकासको नाममा साझा प्रकाशनबाट हटाईएका ती कर्मचारीले महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्माले सहमति अनुसार समय भित्रै उपदान नदिएकाले पुर्नवहालीको माग गरिएको बताएका छन् । सेवा वापतको सुविधा नदिई महाप्रबन्धक र साझा प्रशासनले आफुहरुलाई झुक्याएर हटाएको दाबी उनीहरुको छ । पूर्व कमचारी आन्दोलन समितिका संयोजक धिरेन्द्रराज खनालले महाप्रवन्धक डोेलेन्द्र प्रसाद शर्माले २०७५ असार मसान्त सम्ममा उपदानको रकम उपलव्ध गराउने र रकम उपलव्ध गराउन नसके पुर्नवहाली गर्ने लिखित प्रतिवद्धता गरेको दावी गर्नुभयो । २ बर्ष भईसक्दा पनि कर्मचारीको हितमा कुनै निर्णय नभएकाले आफुहरु आन्दोलित भएको उहाँले बताउनुभयो ।
पूर्व कर्मचारी प्रेम वहादुर कार्कीले आफुहरुलाई सेवा सुविधावाट वञ्चित गराएकाले आन्दोलनमा उत्रिएको वताउनुभयो ।पूर्व कमचारी तारा चालिसेले महाप्रबन्धक संस्था र कर्मचारीको हितमा भन्दा निजी स्वार्थमा केन्द्रीत भएकाले समस्या श्रृजना भएको बताउनुभयो । एक महिनासम्म धर्ना बस्दा पनि समस्या सम्बोधन कर्मचारीले भोली देखि कडा आन्दोलन गर्ने चेतावनी दिए ।
कर्मचारीहरु असार ३२ गते देखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन् । साझा प्रकाशनका अधिकृत स्तरका २२ जना , सहायक स्तरका ६९ जना गरी १२८ जना कर्मचारीले स्वेच्छिक अवकास दिएका थिए । प्रकाशनले अवकास प्राप्त कमचारीहरुको उपदान बापत १७ करोड बरावरको रुपैया दिन बाँकी छ । उपदान लगायत सेवा सुविधाको माग गर्दे कर्मचारी तेस्रो पटक आन्दोलनमा उत्रिएका हन् ।