सांसदहरुद्धारा उपभोक्ताको अधिकार संरक्षण गर्न माग

काठमाडौं साउन ३० । सांसदहरुले गुणस्तरहिन र मिसावट खाद्य सामाग्री विक्रि गर्नेलाई कडा कारवाहीको व्यवस्था सहित अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था ऐनमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । रोल …
बुधबार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले हरेक व्यक्तिलाई न्याय दिने गरि विधेयकमा व्यवस्था गरिनुपर्ने माग गरेका हुन् । पैसा तिरेर विषाधी खानुपर्ने अवस्थाको दीर्घकालिन अन्त्य गर्नुको साथै उपभोक्ता ठग्ने हिम्मत पनि गर्न नसक्ने गरि दण्ड सँजायको व्यवस्था गर्न उनीहरुले सुझाएका छन् ।
सांसद कृष्ण भक्त पोख्रेरले विधेयकले उपभोक्ता अधिकार प्रत्याभुतिका लागि धेरै प्रतिवद्धता जनाउनुको साथै बस्तु वा सेवाको सुनिश्चिता पनि गरेकाले राम्रो रहेको भन्दै प्रधावकारी कार्यान्वयनको आधार तयार पार्न सुझाव दिनुभयो ।
सांसद प्रेम सुवालले विधेयकमा पीडीत उपभोक्तालाई पिडकबाटै क्षतिपुर्ति भराउने भनी उल्लेख गरिनुपर्ने तथा सुचना दिने जनताको कर्तव्य भएकाले पुरस्कारको व्यवस्था गर्दा कर्मचारी गैह जिम्मेवार हुने भएकाले कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो ।