१० वर्ष देखि तलब विहिन

१० वर्ष देखि तलब विहिन
काठमाडौं, साउन ३१। भानु जन्मस्थल विकास समितिका कर्मचारीहरु लामो समय देखि तलव विहिन अवस्थामा रहेका छन् । भानु नगरपालिका ४चुँदीफाँटस्थित यस सकारी कार्यालयमा कार्यरत कर्मचारीले तलव नपाए पनि यसको समाधान गर्न सरकारको ध्यान जान सकेको छैन । तलबका लागि आवश्यक बजेट विनियोजन नहुँदा समस्या भोग्नु परेको विकास समितिले जनाएको छ । कार्यकारी निर्देशक सहित पाँचजना कर्मचारकिो दरबन्दी रहेको समितिमा नायब सुब्वाको नौ लाख , खरिदारको नौ लाख कार्यालय सहयोगी र चौकीदारको सात सात लाख रुपियाँ तलव भुक्तानी गर्न बाकीँ रहेको समितिले जनाएको छ ।