प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

  प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

जनपुरधाम ,साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश दुईको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले भदौ २ गते सम्बोधन गर्नु हुने भएको हो ।
तत्कालीन माओवादी नेता रामवृक्ष यायदवको २५ औ समृतिसभामा सहभागि हुन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएकाले सोही क्रममा प्रदेश शभामा संवोधन गर्न कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीले संंवोधन गर्ने तय भए पनि प्रदेश सरकारले प्रदेश सभामा विशेष तयारी शुरु गरेको हो ।