नेकपाले नयाँ कमिटी बनाउने सहमति

काठमाडौं ,साउन ३१ । नेकपाका केन्द्रीय अध्यक्ष एवमं प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा नेकपाको नयाँ कमिटि बनाउने सहमति भएको छ । जिल्लामा अहिले पनि साविककै अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र रहेको जनाउँदै दुई पक्षबीच लिखित रुपमै सहमति सहितको सझौता भएको हो । नयाँ कमिटि निमार्ण गर्दा मापदण्ड तोक्ने र कार्यालय राख्ने लगायतका विषयमा सहमति भएको पूर्व नेकपा एमालेले जनाएको छ । सहमति अनुसार जिल्लामा नेकपाका १७५ सदस्य रहनेछन् । यसमा एकता अघिको एमालेका तर्फबाट १०५ र एकता अघिको माओवादी बाट ७० जना सदस्य रहनेछन् ।