सहकारीलाई कृषिमा केन्द्रीतहुनप्रधानमन्त्री ओलीको आग्रह

सहकारीलाई कृषिमा केन्द्रीतहुनप्रधानमन्त्री ओलीको आग्रह

 

काठमाडौं ३१ साउन,प्रधानमन्त्री केपीशर्मा ओलीले सहकारीहरुलाई आफ्नागतिबिधी कृषिमा केन्द्रीतगर्न आग्रहगर्नुभएको छ ।
राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमाअन्तरक्रियागर्दै प्रधानमन्त्रीओलीले यस्तो आग्रहगर्नुभएको हो ।
प्रधानमन्त्रीओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्यानिर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिलनहुने बताउनुभएको छ । “सहकारीले कृषिमाआधुनिकीकरणका लागि खेती प्रणालीलाई ठुला–ठुला प्लटमा लैजानु पर्छ ”प्रधानमन्त्रीओलीले भन्नुभयो “कृषिमायान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्वदुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामाहुनुपर्दछ । ”
प्रधानमन्त्रीओलीले सहकारीहरु ऋण तथाबचतमामात्र केन्द्रीतहुुनु नुहने बताउनुभएको छ । “सहकारीहरुले उपभोग्यवश्तु,निर्यातजन्यवश्तुको उत्पादनमाजोड दिनु पर्दछ”प्रधानमन्त्रीओलीले भन्नुभयो ।
किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहनगर्नकालागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसकालागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्रीओलीको भनाइ छ । “वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनीअफ्ठयारालाई हलगर्न सरकार तयार छ” प्रधानमन्त्रीओलीले भन्नुभयो “कुन ऐनले कहाँकहाँअफ्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस । त्यसलाई सम्बोधनगर्न सरकार तयार छ ।”
सरकारले लागु गरेको प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनालाई सफलपार्न पनि सहकारीहरुको ठुलो भूमिकाहुने प्रधानमन्त्रीओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले परियोजनामार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमागरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमागरिने खेतीलाई जोनको रुपमाविकास गरिएको बताउनुभयो । प्रधानमन्त्रीओलीले भन्नुभयो “चक्लाबन्दीभएको जग्गालाई भडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेतीगर्ने काम सहकारीहरुले गर्नुपर्दछ । ”
महासंघका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमाभएका केहीप्रावधानहरु सच्याउनमागगर्द प्रधानमन्त्रीओलीलाई एक ध्यानआकर्षण पत्र पेश गर्नुभएको छ ।