जनताले मन नपराउने काम जनप्रतिनिधीबाट नहोस् ः प्रमओली

जनताले मन नपराउने काम जनप्रतिनिधीबाट नहोस् ः प्रमओली

काठमाडौ ३१ साउन,प्रधानमन्त्री केपीशर्मा ओलीले स्थानीयतहमाहुने गरेको भ्रष्टाचार,जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमाचासो व्यक्तगर्नुभएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रियागर्दै प्रधानमन्त्रीओलीले यस बिषयमाचासो व्यक्तगर्नु भएको हो ।
स्थानीयतहमा अनियमितता भएको,जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमागम्भिर हुने जनप्रतिनिधीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।
“कतिपय ठाउँमा मेयर,उपमेयर,अध्यक्ष,उपाधक्ष्यले महंगा गाडी किनेको,कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्काआफैं लिएकागुनासाहरु आएका छन् ” प्रधानमन्त्रीओलीले भन्नुभयो “तपाईंहरु जनप्रतिनिधीहो । त्यस कारण जनताले नरुचाउने कामनगर्नुहोस । जनताले जे रुचाउछन् त्यस काममा केन्द्रीतहुनुहोस ।” कतिपय सुविधा कानुनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्रीओलीले सजग गराउनु भएको छ । राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउंदै त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्नप्रधानमन्त्रीओलीले आग्रहगर्नुभएको छ ।