पत्रकार पुर्णिमा श्रेष्ठ सगरमाथामा

पत्रकार पुर्णिमा श्रेष्ठ सगरमाथामा

फोटो पत्रकार पुर्णिमा श्रेष्ठले पहिलो पटक सर्वेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन । आज विहान ८ः१० मा उनले सर्वोच्च शिखर आराहरण गरेकी हुन । नेपाली पत्रकारीता जगतका लागी फोटो पत्रकार श्रेष्ठको आरोहणले सिङ्गो पत्रकारीतालाई नै गौरवमा पुराएको छ । उनी गोरखा जील्लाको आरुघाटमा जन्मीएकी हुन उनले यस अघि २६ सेप्टेम्बर २०१७ मा ८१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी छन । आरोहणको क्रममा पहिलो पटक उनले सगरमाथाको आधार शिविरबाट चुचुरो सम्म “मुस्कुराइरहेका नेपाली महिलाहरु’’ नामक एकल फोटो प्रर्दशनी समेत गरेकी छन । फोटो पत्रकार क्लबको प्राबिधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी हुन । उनी हाल कारोबार राष्ट्रिय आर्थीक दैनिकमा कार्यरत छन । उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छन ।