माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट पुस भित्रै विद्युत उत्पादन हुने

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट पुस भित्रै विद्युत उत्पादन हुने

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आगामी पुस मसान्त भित्र विद्युत उत्पादन हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् माथिल्लो तामाकोसी जलविद्युत लिमिटेडका अध्यक्ष कुलमान घिसिङले समयमै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्नेगरी काम भईरहेको बताउनु भएको हो । लिमिटेडको १० औं वार्षिक साधारणसभाको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो आयोजनालाई समयमै पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् लागि परेको पनि स्मरण गराउनु भयो । ३५ अरव २९ करोड अनुमानित लागत रहेको यो आयोजनाको लागत बढेर ४९ अरव २९ करोड ५५ लाख पुग्ने अनुमान गरिएको छ ।