बजेट परम्पराभन्दा माथी उठ्न नसकेको सांसद राजेन्द्र लिङदेनको टिप्पणी

बजेट परम्पराभन्दा माथी उठ्न नसकेको सांसद राजेन्द्र लिङदेनको टिप्पणी

आर्थिक बर्ष २०७५÷७६ का लागि विनियोजित बजेट माथि प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा सांसद राजेन्द्र लिङदेनले सम्वद्ध नेपालका लागि छलाङ मार्ने बताउदै आएको दुई तिहाई प्राप्त सरकारको बजेट परम्परा भन्दा माथि उठ्न नसकेको टिप्पणी गर्नुभयो । उहाले ५ बर्षमा ५ लाखलाई रोजगारी दिने, विदेशमा रहेकालाई फिर्ता ल्याउने लगायत कार्यक्रम पुरा हुने आधार बजेटमा नदेखिएको बताउनुभयो । सांसदहरु बैठकमा बोलेर मुर्ख बनिरहेको भन्दै उहाँले सांसदहरुले अपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।