शनिबार ०३ माघ, २०७७  |  Saturday, January 16, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. पर्यटन
  • थप पर्यटन

    वैदेशिक रोजगार विभागले भोलिदेखि अनलाइनमार्फत पुन: श्रम स्वीकृति दिने

    • न्यूज एजेन्सी नेपाल
    • पुस १६, २०७७ बिहिबार

    अ अ अ
    अ अ अ

    काठमाडौं, पुस १६ : वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । 

    वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो । भोलि देखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभएको छ । 

    यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उहाँले बताउनुभयो । एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले बताउनुभयो ।

    नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको समेत दहालले बताउनुभयो । अवको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइन मार्फत दिन सक्ने गरी काम भइराखेको बताउनुभयो ।

    बैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटने पनि दहालले बताउनुभयो ।

    अघिल्लो समाचार

    कोरोनाले ठप्प पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने सबै काम गर्छ : पर्यटनमन्त्री ढकाल

    अर्को समाचार

    राष्ट्रियसभा अधिवेशन धेरै लामो चल्न सक्दैन : अध्यक्ष तिमिल्सिना
  • थप सम्वन्धित समाचार
    • अब काठमाडौं हिलो र धुलोमुक्त हुन्छ : मेयर शाक्य

      • न्यूज एजेन्सी नेपाल
      • पुस २२, २०७७ बुधबार

      काठमाडौं, पुस २२ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्प…

    • कोरोनाले ठप्प पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने सबै काम गर्छ : पर्यटनमन्त्री ढकाल

      • न्यूज एजेन्सी नेपाल
      • पुस १६, २०७७ बिहिबार

      काठमाडौं, पुस १६ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव …

    • सन् २०२१ आन्तरिक पर्यटन वर्षका रुपमा मनाऔँ : पर्यटनमन्त्री भट्टराई

      • न्यूज एजेन्सी नेपाल
      • पुस ३, २०७७ शुक्रबार

      काठमाडौं, पुस ३ : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने …

    • पोखरा विमानस्थलको दक्षिण–पूर्वको रिठेपानी डाँडा कटान गर्न वातावरणीय प्रभाव मुल्यांकन सुरु

      • न्यूज एजेन्सी नेपाल
      • मंसिर ३०, २०७७ मंगलबार

      पोखरा, मंसिर ३० : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि …

    • ९ महिनापछि भाटेकोशीको बञ्जी सञ्चालनमा आयो

      • न्यूज एजेन्सी नेपाल
      • मंसिर २७, २०७७ शनिबार

      सिन्धुपाल्चोक, मंसिर २७ : कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ म…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by