न्यूयोर्क, पुस २० : अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित हुनुभएको छ ।
डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उहाँ पुनः निर्वाचित हुनुभएको हो। अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाउनुभएको थियो ।
त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याई प्रति पनि उहाँले सरकारलाई सचेत गराइरहनुभएको थियो ।