शनिबार ०३ माघ, २०७७  |  Saturday, January 16, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. खेलकुद
  • थप खेलकुद

    फिटनेसमा ध्यान दिँदै नेपाली क्रिकेट खेलाडी

    • न्यूज एजेन्सी नेपाल
    • पुस २२, २०७७ बुधबार

    अ अ अ
    अ अ अ

    काठमाडौं, पुस २२ : झन्डै वर्ष दिन क्रिजभन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा लागि रहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सिमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् । 

    नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो सातादेखि बन्द प्रशिक्षणमा राखेर चरणवद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो । सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । सोही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मिहिनेत गरिरहेका छन् ।

    न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् ।  त्यसो त केही खेलाडीले व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समय देखी मैदान ओर्लिन नपाएका खेलाडीलाई बृद्धि विकासकालागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिनुभयो ।

    प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले यस अघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिन यताको फिटनेसले खेलाडीमा सुधार आएको बताउनुभयो ।

    यस्तै राष्ट्रिय टोली उप कप्तान दिपेन्द्र सिंह ऐरीले इन्जुरी विस्तारै रिकभर हुँदै आएको बताउनुभयो । ऐरीले ओमान सँगको शृखंलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको बताउनुभयो । उहाँलाई साथ दिँदै युवा ब्याट्सम्यान रोहित पौडेलले अभ्यासमा फर्किदाँ खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

    सन् २०१४ मा बंगालदेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय स्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीब्रता दिएको नेपालले ओमन, अमेरिका र नेपालसँगको क्रिकोणत्मक शृखंला सुखद बनाउन जुटिरहेको हो । 

    अघिल्लो समाचार

    एनएनआइपीएले खेलकुद मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र, खेलाडीलाई प्रोत्साहन भत्ता दिन माग

    अर्को समाचार

    शेयर बजारमा तोडियो रेकर्ड, साढे चार अर्बको कारोबार
  • थप सम्वन्धित समाचार
    • भक्तपुरमा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माणको काम धमाधम हुँदै

      • न्यूज एजेन्सी नेपाल
      • पुस २३, २०७७ बिहिबार

      भक्तपुर, पुस २३ : दुई अर्ब ४० करोड रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेर…

    • एनएनआइपीएले खेलकुद मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र, खेलाडीलाई प्रोत्साहन भत्ता दिन माग

      • न्यूज एजेन्सी नेपाल
      • पुस २२, २०७७ बुधबार

      काठमाडौं, पुस २२ : गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

    • पल्सर स्पोर्ट्स अवार्डको चार विधाको मनोनयन सार्वजनिक, गौरिका, मण्डे र सुवासले दुई अवार्डमा प्रतिस्पर्धा गर्ने

      • न्यूज एजेन्सी नेपाल
      • पुस २१, २०७७ मंगलबार

      काठमाडौं, पुस २१ : नेपाल खेलकुद पत्रकारको आयोजना हुन लागको १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स …

    • तीन महिनादेखि पाएनन् क्यानका ग्राउन्ड-स्टाफले तलब

      • न्यूज एजेन्सी नेपाल
      • पुस २१, २०७७ मंगलबार

      काठमाडौं, पुस २१ : नेपाल क्रिकेट संघ (क्यान) का ग्राउन्ड स्टाफसहित कर्मचारीको तलब तीन महिनादेखि रोकिएको छ…

    • राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा ढिलाइ, बोर्ड गठन हुन सकेन

      • न्यूज एजेन्सी नेपाल
      • पुस २०, २०७७ सोमबार

      काठमाडौं, पुस २० :  गत असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनम…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by