काठमाडौं : टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् ।
ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने तयारी थालेका हुन् । तर, अहिलेसम्म किमले डिभोर्सको फाइल भने दर्ता गरिसकेकी छैनन् ।
तर, केही समयदेखि उनीहरु अलग–अलग बस्दै आएका छन् ।