काठमाडौं : बहुमुखी प्रतिभाका धनी हरिवंश आचार्य गायकका रुपमा पनि चर्चित छन्।
'साझा बसमा जो पनि चढ्दछ', 'सारंगी रेटौंला', 'हाम्री आमा सार्ह्रै नै बाठी छिन्' लगायत गीत चर्चित छन्। उनी हास्य-व्यंग्य शैलीला आफ्ना गीतमा सामाजिक-राजनीतिक विकृति चित्रण गर्न सिपालु छन्।
उनै हरिवंशको बुधबार दिउँसो 'एउटा कुरा छ' बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत पनि हरिवंशकै छ।
हरिवंशले नेपालमा व्याप्त राजनीतिक भ्रष्टाचारलाई गीतको विषय बनाएका छन्।
भिडियो :