‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

  • News Agency Nepal

    बुधबार, भाद्र २ २०७८
  • ‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

     

    काठमाडौं भाद्र ०२ ।अग्नि  खरेलले डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको छ । नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलले कुन चुनाव चिन्ह दिने हो त्यो चुनाव चिन्ह दिनुस् हामीलाई त्यसमा कुनै आपत्ति भएन तर डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको हो । उहाँले उटा पार्टीलाई दिएको मत झुक्किने गरिकन अर्को पार्टीले प्राप्त गर्नुहुँदैन, जनता वा मतदाता नझुक्किने गरिकन राख्नुपर्छ भन्ने उद्देश्य हो, तर त्यो चुनाव चिन्हले नेकपा एमालेको सग्लो एउटा सूर्यमा पहाड राखिदिएर कतै त्यो नेकपा एमालेका मतदाताहरु झुक्किन सक्ने स्थिती भित्र छ । सरकारले मंगलवार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धि विधेयक ल्याएको थियो । मंगलवार नै नेकपा एमालेले दलको अध्यावधिक गर्न २६० केन्द्रीय सदस्यको नामसहितको सूची निर्वाचन आयोगमा बुझाएपछि पार्टीमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदले त्यसको बिरोध गरिरहेका छन् । यसै सम्बन्धी विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलसँग गरेको कुराकानीको सम्पादीत अंश

    निर्वाचन आयोगमा पुगेर दलको अध्यावधिक गरेर आउनुभयो त्यसले पार्टीमा दोधार (कन्फ्युज)पैदा भएको छ, खासमा कुरा के हो ?

    त्यसमा दोधारमा बस्नुपर्ने कुनै कारण नै छैन । राजनीतिक दल सम्बन्धी ऐन २०७३ सम्बन्धी हरेक राजनीतिक दलहरुले आफूलाई अध्यावधिक गर्नुपर्ने हुन्छ । त्यो अध्यावधिक गर्ने सिलसिलामा नेकपा एमाले पार्टीलाई अध्यावधिक गरियोस् भनेर दिइएको ऐन बमोजिमको एउटा निवेदन हो । यो निर्वाचन आयोगमा प्रत्येक दलले पूरा गर्नुपर्ने दायित्व हो । हामी २०७७ साल फागुन २३ गते सम्माननीय सर्वोच्च अदालतले फैसला गरिसके पछाडि साविकको नेकपा, नेपाल कम्युनिष्ट पार्टी नेकपा त्यो भन्दा अगाडिको साबिककै पार्टीका रुपमा अर्थात् नेकपा माओवादी र नेकपा एमालेको रुपमा रुपान्तरण भइसकेपछाडि एमालेले आफूलाई अध्यावधिक गर्नुपर्ने थियो । त्यसैले त्यो अध्यावधिक गर्ने सिलसिलामा ऐन बमोजिम निर्वाचन आयोगमा गएर दिइएको निवेदन हो ।

    सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदै गर्दा पार्टी अध्यावधिक गर्ने कुरा गरेकोले एक किसिमको चलाखी देखियो नि ?

    त्यसमा कुनैपनि दोधारमा बस्नु पर्दैन । यहाँ भन्दा अगाडि आएका जे कुरा हुन् त्यही कुरा त्यसमा छन्, नयाँ कुरा त्यसमा केही पनि छैन । निर्वाचन आयोगमा यहाँ भन्दा अगाडि नेकपा हुँदा नै ४४१ जना केन्द्रीय सदस्यको नाम अध्यावधिक छ । ४४१ जना मध्ये २४१ जना नेकपा एमालेबाट छन् र २०० जना नेकपा माओवादी केन्द्रबाट छन् । त्यसरी ४४१ जना पुगेको छ । २४१ जना नेकपा एमालेका हुन् भन्ने कुरामा त कुनै विवाद छैन, त्यो २४१ जना नै एमालेका केन्द्रीय सदस्यहरु मध्ये जो बित्नुभएको छ, जो कारबाहीमाा पर्नुभएको छ, ती बाहेकका २३७ जना केन्द्रीय सदस्यहरु हिजोदेखि नै एमालेले मानेका केन्द्रीय सदस्यहरु हुन् । जुन कुरा निर्वाचन आयोगमा अहिले पनि अध्यावधिक छ । निर्वाचन आयोगमा ४४१ जना मध्ये नेकपा एमालेको २४१ जना मध्ये ४ जना मानिसहरु बितेका छन्, त्यसैले नेकपा एमालेको केन्द्रीय सदस्य २३७ जना अहिले पनि अध्यावधिक छ । यो पार्टी विभाजन अर्थात् फागुन २३ गतेको फैसला बमोजिम अलग अलग पार्टी हुनुभन्दा अगाडि त नेकपा थियो । त्यो नेकपा भइरहँदा नै नेकपा विभाजन भइसकेपछि माओवादी केन्द्रसँग सम्बन्ध नेताहरु जो केन्द्रीय समितिमा हुनुहुन्थ्यो, ४४१ जना भित्रै हुनुहुन्थ्यो । त्यो ४४१ जना भित्रै भएका केन्द्रीय सदस्यहरु रामबहादुर थापा लगायतका नेताहरु नेकपा एमालेमा अहिले हुनुहुन्छ । उहाँहरु २३ जना सदस्यहरु अहिले हामीसँग हुनुहुन्छ । उहाँहरु केन्द्रीय सदस्यमै भएको हो, ४४१ जना सदस्यमै रहेको हो र नेकपा एमाले नेकपाकै पहिलेको रुपमा छ । नेकपाकै बिस्तृत रुपमा अहिले छ । नेकपा विभाजन हुँदा खेरकै पहिलेको रुपमा छ । यसैमा केही विवाद भएको हुनाले पार्टीभित्र एउटा कार्यदल बन्यो । त्यसमा ५÷५ जना सदस्यहरु भीम रावल जीको नेतृत्वमा र सुवास नेम्वाङजीको नेतृत्वमा बन्यो । त्यसले जे समझदारी गर्छ, जे सुझाव ल्याउँछ, त्यसलाई पार्टी भित्र मान्ने भन्ने कुरा एमालेको माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि यो कुरालाई स्वीकार गर्नुभयो । र त्यो कार्यदलले एउटा १० बुँदे सहमति गर्यो । त्यो १० बुँदे सहमतिमा पनि ती २३ जना कन्द्रीय सदस्यहरु जो साविक नेकपामा हुनुहुन्थ्यो । त्यो साविक नेकपामा भएको केन्द्रीय सदस्यमा रहेका कोही पनि सदस्यले छोडेर यदी नेकपा एमालेमा आउँछन् भने त्यसलाई त नेकपा एमालेले स्वागत गर्दछ । त्यसलाई राख्नुपर्छ भन्ने कुरा लेखिएको छ । त्यो कुरा पनि हामीले निर्वाचन आयोगमा दिँदा बकाइदा १० बुँदे सहमति जो पार्टी भित्रको विवाद हटाउन गठन भएको थियो, त्यो १० सदस्य कार्यदलले बनाएको सहमतिलाई पनि एउटा आधार बनाएर पार्टी भित्रका विवादहरु पार्टी आफैँले म्यानेज गर्छ, निर्वाचन आयोगले त्यसलाई आधिकारिक गरिदिने मात्रै हो । निर्वाचन आयोगले आवश्यक भन्दा धेरै ध्यान दिँदैन, किनभने पार्टी भित्रको आन्तरिक कुरामा सरकारले, पार्टीले वा अदालतले धेरै ध्यान दिएर त्यो कुरा म्यानेज गर्न सक्दैन । पार्टीले आफैँ म्यानेज गरेको छ, त्यसैभित्र ती नामहरु पनि छन्, त्यसै कारणले २६० जना हुन् । त्यसैले २६० जना हालसम्म नेकपा एमालेको केन्द्रीय सदस्यमा रहेको कुरालाई अध्यावधिक गर्नलाई दिइएको हो, आज अध्यादेश आउने प्रसंग मिलेको मात्रै हो, हामीले निर्वाचन आयोगसँग अस्तिकै दिन मंगलवार दल अध्यावधिकका लागि समय मिलाएका थियौँ । त्यो निर्वाचन आयोगमा गएर हेर्दा प्रमाणीकरण हुन्छ ।

    सूर्य चिन्हसँग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीले पाएको भन्ने विषय के हो नि ?

    दल दर्ता हामीले अस्ति पनि गर्न सक्थ्यौँ, तर अस्ति किन गरेनौँ, भोलि पनि अध्यावधिक गर्न सक्थ्यौँ तर मंगलवार किन गर्यौं भन्दा सोमवार निर्वाचन आयोगले ९५ वटा पार्टीको मान्छे बाहिर ल्याएको छ, अहिले निर्वाचन आयोगमा रहेका ९५ वटा पार्टीको नाम र चुनाव चिन्ह छ, त्यसभित्र एउटा पार्टीले पार्टीको नाम सर्वोच्चको फैसलाले बदल्यो, तर उसले चुनाव चिन्ह बदलेन, उसले डाँडामाथिको सूर्य भनेर नै त्यो चुनाव चिन्ह राख्यो, सूर्य चिन्हका वरिपरि कुनै पनि खालका चुनाव चिन्हहरु राखेर निर्वाचन आयोगमा आएर पार्टी दर्ता गर्ने कुरा आफैँमा त्यो गलत थियो । त्यो गलत हो । आज त नेकपा एमालेलाई परेको हुनाले सबै साथीहरुलाई ठिकै लागेको पनि होला, हामीले निर्वाचन आयोगमा बकाइदा भनेका छौँ त्यो कुरा, तर डाँडामाथि त सूर्यमात्रै राख्न सकिँदैन नि त । डाँडामाथि त रुखसँग चिन्ह पनि राख्न सकिन्छ नि । डाँडामाथि रुख चिन्ह राख्यो भने त्यो चुनाव चिन्हले नेपालको कुनै राजनीतिक दललाई असर गर्छ कि गर्दैन ? अर्को कुनै चुनाव चिन्ह कसैले प्रयोग गरिरहेको छ, त्यसमा अर्को कुनै चिज राखेर गर्न मिल्छ कि मिल्दैन ? सर्वोच्च अदालतको फैसलाले नाम र चुनाव चिन्ह जस्ता विषयवस्तुहरु जो जनतासँग सोझो गाँसिएका हुन्छन्, सार्वभौम सत्ता जनताले आफ्नो मताधिकारको प्रयोग गर्दा पार्टीको चुनाव चिन्हमा रहेर मताधिकारको प्रयोग गरिरहेका हुन्छन् । एउटा पार्टीलाई दिएको मत झुक्किने गरिकन अर्को पार्टीले प्राप्त गर्नुहुँदैन, जनता वा मतदाता नझुक्किने गरिकन राख्नुपर्छ भन्ने उद्देश्य हो, तर त्यो चुनाव चिन्हले नेकपा एमालेको सग्लो एउटा सूर्यमा पहाड राखिदिएर कतै त्यो नेकपा एमालेका मतदाताहरु झुक्किन सक्ने स्थिती भित्र छ, त्यसैले विनम्रतापूर्वक हामीले निर्वाचन आयोगलाई भन्यौँ तपाईहरुले जुन निर्णय पहिला गर्नुभएको थियो, त्यो निर्णय गलत थियो त्यो निर्णयलाई तपाई सच्याउनुस्, उहाँलाई बोलाउनुपर्छ बोलाउनुस् तर सर्वोच्च अदालतले गरेको फैसलामा पनि कतिपय विषयहरु बोलिएको छ, त्यसैले उहाँलाई कुन चुनाव चिन्ह दिने हो त्यो चुनाव चिन्ह दिनुस् हामीलाई त्यसमा कुनै आपत्ति भएन तर डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुन्छ । त्यसरी चुनाव चिन्ह दिने कुरासँग हामी सहमत छैनौँ भनेका छौँ । त्यसमा उहाँहरुले कानूनि प्रक्रिया अवलम्बन गर्छौं भन्नुभएको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    पछिल्ला सरकारहरुले ल्याएको बजेट मनमौजी र सिद्धान्त विपरित: डा. गोविन्द पोखरेल (भिडियो सहित )

    काठमाडौं, असोज ०१ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले पछिल्ला सरकारहरुले ल्याएको बजेट मनमौजी र सिद्धान्त विपरित हुने गरेको बताउनुभयो । न्युज एजेन्सी नेपालले डाक्टर पोखरेलसंग...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    दशैँको उपलक्ष्यमा यसवर्ष पनि साल्ट ट्रेडिङ्गले खाद्यान्नमा विशेष छुट दिन्छ: वज्रेश झा

    काठमाडौं, भाद्र ३० गते । साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायव महाप्रवन्धक व्रजेश झाले दशैँको उपलक्ष्यमा यसवर्ष पनि साल्ट ट्रेडिङ्गले खाद्यान्नमा विशेष छुट दिने बताउनुभयो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नायव...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    केही दिन सरकारको खर्च रोकिन पनि सक्छ: अर्थमन्त्री शर्मा ( भिडियो सहित)

    काठमाडौं, भाद्र २९ गते । अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन पनि सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मतभेदहरुलाई सुल्झाएर जाऊ: गृहमन्त्री खाँण (भिडियो सहित )

      काठमाडौं, भाद्र २७ गते । सरकारले नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

    काठमाडौं, भाद्र १८ गते ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।मन्दिर खोल्न...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    यो सरकार औसततको हुनेछ: देवेन्द्र पौडेल (भिडियो सहित)

    काठमाडौैंं, भाद्र १४ गते । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान औसतको हुने बताउनुभएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले वर्तमान गठबन्धनको...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

      काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    खोपको ट्रायलपछि औषधि पनि नेपालमै बनाउनुपर्छ: डा. प्रदिप ज्ञवाली

      काठमाडौं, भदौ १३ गते । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    विमलेन्द्र निधिद्वारा सभापतिका लागि उम्मेदवारी दिने घोषणा

    काठमाडौं, भाद्र ११ गते । विमलेन्द्र निधीले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    निर्माणसम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाका बाँकी काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय

    काठमाडौं, भाद्र ०९ गते । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

    काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी...

    प्रकाशित: मंगलबार, भाद्र ८ २०७८

    नेप्सेका सीईओ साउदद्वारा राजीनामा (भिडियो सहित )

      काठमाडौं भाद्र ०८ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद...

    प्रकाशित: शुक्रबार, भाद्र ४ २०७८

    एमाले फुटेको होईन, ठाउँ भत्काउने इँटा खुस्केको हो टाल्न सकिन्छ : केपी ओली (भिडियो सहित)

      काठमाडौं भाद्र ०४ । सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन...

    प्रकाशित: शुक्रबार, साउन २९ २०७८

    राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ सहित )

    काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गर्नुभएको हो । मौद्रिक नीति   ...

    प्रकाशित: बुधबार, साउन २७ २०७८

    रात्रिकालीन चहलपहल बढेपछि कडाइ गर्न लागिएको हो: काली प्रसाद पराजुली

      काठमाडौंःकाठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुलीले रात्रिकालिन चहलपहल बढेकाले कडाइ गर्न लागिएको बताउनुभएको छ । उहाँले  रात्रिकालिन  चहल पहल कम गर्नका लागि उपत्यकाका जिल्ला प्रशासनहरुले  बिहीवारबाट लागू...

    प्रकाशित: बुधबार, साउन २७ २०७८

    प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

    काठमाडौं:  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ ।घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो ।बुधबार...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    केपी ओली भ्रष्टाचारका महानायक: रमेश जंग रायमाझी

    काठमाडौंः राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    ०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतिको अनुसन्धान गर्नुपर्छ: मायाप्रसाद शर्मा

    काठमाडौंः राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माया...

    प्रकाशित: मंगलबार, साउन २६ २०७८

    भिडमा बसेर राहदानी लिन पर्ने बध्यता

    काठमाडौं: कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएका छन । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको...