कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

  • News Agency Nepal

    सोमबार, भाद्र २८ २०७८
  • कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

    काठमाडौं, भाद्र २८ गते । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताउनुभयो । आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भएपनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ । उहाँले हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको बताउनुभयो । त्यस्तै कोशी गाउँपालिका, सुनसरीका अध्यक्ष एयुब अन्सारीले बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इनरुवाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन नसकिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको बताउनुभयो ।

     

     

     

     

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, असोज ७ २०७८
    प्रकाशित: बिहिबार, असोज ७ २०७८
    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी...

    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहन्छौं: माधवकुमार नेपाल

    काठमाडौं असोज ०७ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सरकारको नयाँ नीतिका कारण फलाम व्यवसायी विभाजित (भिडियो सहित )

      काठमाडौं असोज ०६ गते । सरकारले प्रतिस्थापन विधेयक मार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि मुलुकमा सञ्चालित उद्योगहरु विभाजन भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थकोरुपमा प्रयोग गर्दै...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कांग्रेसको महाधिवेशन तालिका परिवर्तन (भिडियो सहित )

    काठमाडौं, आसोज ०६ गते । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो ।...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा (भिडियो सहित )

      काठमाडौं, असोज ०६ गते ।  काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    भोली सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउँछ: माओवादी केन्द्र (भिडियो सहित )

    काठमाडौं, असोज ०६ गते । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार भोली सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताउनु भएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    माधवकुमार नेपालले पेश गरेको प्रतिवेदन पारित, भोलीको बैठकले महासचिव चयन गर्ने

      काठमाडौं, असोज ०६ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको मंगलबारबाट...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन

      काठमाडौं, असोज ०६ गते । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारको व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

      काठमाडौं, असोज ०६ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । बुधबार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    मलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइयो: बिजयकुमार गच्छदार

      काठमाडौं, असोज ०६ गते । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताउनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन’- परराष्ट्रमन्त्री

    काठमाडौं, असोज ०६ गते । अमेरिका भ्रमणमा जान लागेका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो प्राथमिकतामाएमसीसी नरहेको बताउनुभएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएका...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए सपथ

    काठमाडौँ, असोज ६ गते ।  नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।  उहाँलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले  पद तथा...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त

    काठमाडौँ, असोज ६ गते । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।प्र धानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    काठमाडौं, असोज ६ गते । नेकपा माओवादी केन्द्रको स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतकले जानकारी...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    बालबालिकालाई टेण्टमै पठनपाठन

    काठमाडौँ, असोज ६ गते । जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

    काठमाडौं, असोज ०६ गते ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त हुनु भएको छ ।खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको प्रधानमन्त्री सचिवालयका गोविन्द परियारले...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्छौं: माधवकुमार नेपाल (भिडियो सहित)

    काठमाडौं असोज ०५ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले...