निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

  • News Agency Nepal

    मंगलबार, भाद्र २९ २०७८
  • निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

     

    काठमाडौं, भाद्र २९ गते ।  सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गर्नु भएको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्नुनहुने बताउनुभयो । उहाँले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताउनुभयो । प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताउनुभयो । निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गर्नुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सरकारको नयाँ नीतिका कारण फलाम व्यवसायी विभाजित (भिडियो सहित )

      काठमाडौं असोज ०६ गते । सरकारले प्रतिस्थापन विधेयक मार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि मुलुकमा सञ्चालित उद्योगहरु विभाजन भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थकोरुपमा प्रयोग गर्दै...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा (भिडियो सहित )

      काठमाडौं, असोज ०६ गते ।  काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    १,४७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं, असोज ०६ गते । पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन

      काठमाडौं, असोज ०६ गते । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारको व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

      काठमाडौं, असोज ०६ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । बुधबार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए सपथ

    काठमाडौँ, असोज ६ गते ।  नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।  उहाँलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले  पद तथा...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    बालबालिकालाई टेण्टमै पठनपाठन

    काठमाडौँ, असोज ६ गते । जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्छौं: मन्त्री कार्की (भिडियो सहति )

    काठमाडौं, असोज ०५ गते । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने लक्ष्य राखेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    राजनीतिक नियुक्तिमा राजदूत भएकालाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय (भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    केन्द्रीय कमिटी बैठक माधवकुमार नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं, असोज ०५ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    १,३३० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

    काठमाडौं, असोज ०५ गते ।  पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा राजीनामा दिनुपर्छ: भैरवसुन्दर श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्नु भएको छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने एमालेको निर्णय (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ । सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

    काठमाडौं, असोज ०४ गते ।  मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...