दशैँको उपलक्ष्यमा यसवर्ष पनि साल्ट ट्रेडिङ्गले खाद्यान्नमा विशेष छुट दिन्छ: वज्रेश झा

  • News Agency Nepal

    बुधबार, भाद्र ३० २०७८
  • दशैँको उपलक्ष्यमा यसवर्ष पनि साल्ट ट्रेडिङ्गले खाद्यान्नमा विशेष छुट दिन्छ:  वज्रेश झा

    काठमाडौं, भाद्र ३० गते । साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायव महाप्रवन्धक व्रजेश झाले दशैँको उपलक्ष्यमा यसवर्ष पनि साल्ट ट्रेडिङ्गले खाद्यान्नमा विशेष छुट दिने बताउनुभयो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नायव महाप्रवन्धक झाले नेपालीहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा यसवर्ष पनि नुनसहित विभिन्न खाद्यान्नमा विशेष छुट दिने बताउनु भएको हो । मन्त्रालयबाट पत्र आएपछि मात्रै सरकारले तोकेअनुसार नै नुनमा छुट दिने र अन्य खाद्यान्नमा कर्पोरेशनले सकेजति सहुलियत दिने बताउनुभयो । उहाँले कर्पोरेशनमा चिनीको स्टक नभएकोले यसको पनि तत्काल समस्या समाधान गरिने बताउनुभयो । प्रस्तुत छ नायव महाप्रवन्धक व्रजेश झासँग गरिएको कुराकानी को संपादित अंश ।

     

    नुनको अहिले सुखद् चर्चा छ, काम गर्न पनि सजिलो भएको होला ? र नुनको अवस्था अहिले ठ्याक्कै कस्तो छ ?

    निश्चय पनि सुखद् छ । नुन नेपालमा वार्षिक रुपमा २ लाख १५ हजार मेट्रिक्टनको हाराहामीमा खपथ छ,र हाम्रो आफ्नो स्रोत छैन, नेपाल भित्र नुनको कुनै पनि स्रोत छैन, हामी टोटल्ली (पूर्णरुपमा) कि त दक्षिण राष्ट्रसँग निर्भर छौँ, कही मात्रामा हामी तिब्बतबाट पनि नुन ल्याउँछौँ, उत्तरी नाकाबाट पनि नुन ल्याउँछौँ, आफ्नो स्रोत नभएको कारणले यसको आपूर्तिको व्यवस्थापन त्यति सजिलो छैन, जुनसुकै अवस्थामा पनि साल्ट ट्रडिङ्गले सहज सुलभ रुपमै नुनको आपूर्ति गर्दै आइरहेको छ, चाहे त्यो २०४५ सालको भारतकोसँगको टे«ड एण्ड ट्रान्जिट नभएको बेलाको होस्, नवीकरण नभएको बेला, वा ०४६ सालको जनआन्दोलनको बेला होस्,वा ०६३ को जनआन्दोलन होस्, वा पहिलो मधेश आन्दोलन होस्, भूकम्पले थलिएको बेला होस्,दोस्रो मधेश आन्दोलन र त्यो सँगसँगै अघोषित नाकाबन्दी, साल्ट ट्रेडिङ्गले कहिले पनि आफ्ना उपभोक्तालाई नेपाली दाजुभाईहरुलाई नुनको अभाव हुन दिइएन, त्यसमा हामी गर्व गर्दछौँ ।

    वितरण कस्तो छ र कसरी गरिरहनुभएको छ ?

    कर्पोरेशन आफैँ पनि गर्व गरिरहेको छ, हाम्रो ९३ वटा कार्यालय मार्फत् ६ हजार डिलर नेटवर्क छ, त्यस मार्फत् हामीले नेपालको प्रत्येक नागरिकको भान्सामा पुगेको छ, सायद मलाई लाग्छ, नेपालका सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा धेरै जनतासँग पहुँच बनाएको संस्था हामी मात्रै छौँ जस्तो लाग्छ ।

    नुनको कारोवार, नुनकै आयात गरिरहँदा एक किसिमले विज्ञता पनि पाइसक्नुभयो, हामीले गर्ने वितरण प्रणाली र अरुले गर्ने वितरण प्रणालीमा के भिन्नता छ, के कारणले हामीलाई फरक बनाउँछ ?

    नेपाल सरकारको स्वामित्व भएको संस्था हो, साल्ट ट्रडिङ्ग । नेपाल सरकार र नेपाल सरकारको स्वामित्व भएको दुई वटै गरेर शेयर करिव २१.२६ प्रतिशत जति छ, बाँकी जम्मै ७८.७६ प्रतिशत जति पब्लिकको शेयर छ । गभर्मेण्ट (सरकार) को पन शेयर भएको हिसावले हामीले कसैको लागि बढी पैसा लिने काम गर्न सक्दैनौँ, हाम्रो एउटा स्थिर मूल्य छ, सप्लाइमा कुनै पनि समस्या छैन, गुणस्तरमा जहिल्यै पनि हामीले उच्च गुणस्तरको नै दिएका छौँ, संस्थागत हिसावले गुणस्तरमा कुनैपनि बेला हामीले कम्परमाइज (कन्जुस्याँइ) गरेका छैनौँ, र सबैभन्दा ठूलो कुरा हामी ६ महिनाको न्यूनतम बफरस्टक हामीले जहिले पनि राखेका छौँ, बेलाबेलामा हामीसँग नेपाललाई १० महिना पुग्ने नुन पनि स्टकमा हुन्छ, जस्तै आषाढ मसान्तमा, असारपछि साउन र भदौमा वर्षाको समयमा नुन ल्याउन गाह्रो हुन्छ, ड्यामेज हुने चान्स बढी हुन्छ, असार मसान्तमा हामीसँगको स्टक हाइएस्ट हुन्छ, १०÷११ महिनासम्म पुग्ने स्टक पनि हुन्छ । न्यूनतमा स्टक पनि हामीसँग छ, मूल्यमा एकरुपता छ, यी कारणले गर्दा बजारको अवस्था यदी हेर्दा साल्ट ट्रडिङ्गले जसरी नुनको सर्भिस पुर्याइरहेको छ, त्यसरी कुनै अन्य वस्तुको सेवा उपलब्ध छैन नेपालीहरुको बीचमा । चाहे चामल हेर्नुहोस् वा चिनी । चिनी हामीसँग आजको डेट (मिति) मा कम छ, बजार मूल्य सय रुपैयाँ पुगिसकेको छ, साल्ट ट्रडिङ्गले मार्केट इन्टरभेन्टको काम समेत गर्दै आइरहेको हुन्छ, यो अर्थमा हामी अन्य व्यापारी भन्दा फरक छौँ ।

    यसलाई अर्को पाटोबाट हेर्दा हामीसँग भएको वितरण क्षमता, भण्डारणको क्षमताले गर्दा हामीले गरिरहेको काम अरु कसैले गर्न सक्दैन भन्न मिल्छ होइन त ?

    हामीले गरिहरेको काम निश्चय पनि यसरी गर्न सक्दैन, हामी दुर्गम क्षेत्र होस्, तराईका भूभाग होस्, वा शहरी इलाका होस्,हामीले कुनैपनि ठाउँमा हाम्रा नेटवर्क छोडेका छैनौँ, हामी पुगेका छौँ, नेपालको प्रत्येक बजारमा साल्ट ट्रडिङ्गको उपस्थिती छ, प्रत्येक उपभोक्ताको घरमा साल्ट ट्रडिङ्गको उपस्थिती छ, हामी हाम्रै गोदाम पनि लगभग १ लाख ७० हजार मेट्रिक्टन, क्यापासिटी (क्षमता) को छ, अधिराज्यव्यापी दिनुपर्ने हो भने, १ लाख ६९ हजार समथिङ्ग (लगभग) को छ । हामीले अन्य गोदामहरु पनि भाडामा लिएर लगभग सवा २ लाख मेट्रिक्टन क्षमताको गोदाम राखेका छौँ, यत्रो नेटवर्क कसैको छैन, त्यसै कारणले गर्दा पनि, जुन हिसावले सेवा पुर्याइरहेका छौँ, आम नेपाली उपभोक्ताहरुलाई अरुले सक्छन् जस्तो मलाई लाग्दैन ।

    यति हुँदा हुँदै देशको राजनीतिसँगै यसको पनि आफ्नो उत्तारचढाव छन्, पछिल्ला केही निर्णयले पनि उत्तारचढाव बनाएको छ, अब त्यति मनोबल गिर्ने गरी दुःख नपाइएला नि ?

    आश गरौँ, आश त जहिल्यै पोजेटिभ नै गर्नुपर्यो, हामी त सधैँ नेपाली जनतालाई गुणस्तरीय वस्तु उचित मूल्यमा सर्वसुलभ हुने हिसावले सेवा गर्न पाउने हामी चाहन्छौँ ।

    नेपालीहरुको ठूलो चाड दशैँ नजिकिएको छ, सदाझैँ हामीले पनि सहुलियत दिने गरेका छौँ, अहिले के छ तयारी ?

    यसवर्ष पनि मन्त्रालयबाट पत्र आएपछि हामी सहुलियत राख्छौँ, नुनमा नेपाल सरकारले भनेअनुसार छुट दिएर बिक्री गर्छौं,चिनीको स्टक हामीसँग छैन, हामीले खरिदको लागि धेरै अगाडिदेखि पहल गरिरहेको हो, चाँडै त्यसको पनि केही टुंगो लाग्ला,भन्ने विश्वास छ, अन्य हामीले कारोवार गर्ने गेडागुडी, चामल,दाल, मसला, तेल यिनीहरुमा हाम्रो आफ्नो हिसावले कति छुट दिन सकिन्छ, त्यो दिएर कारोवार गर्दछौँ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    पछिल्ला सरकारहरुले ल्याएको बजेट मनमौजी र सिद्धान्त विपरित: डा. गोविन्द पोखरेल (भिडियो सहित )

    काठमाडौं, असोज ०१ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले पछिल्ला सरकारहरुले ल्याएको बजेट मनमौजी र सिद्धान्त विपरित हुने गरेको बताउनुभयो । न्युज एजेन्सी नेपालले डाक्टर पोखरेलसंग...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    यो सरकार औसततको हुनेछ: देवेन्द्र पौडेल (भिडियो सहित)

    काठमाडौैंं, भाद्र १४ गते । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान औसतको हुने बताउनुभएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले वर्तमान गठबन्धनको...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    खोपको ट्रायलपछि औषधि पनि नेपालमै बनाउनुपर्छ: डा. प्रदिप ज्ञवाली

      काठमाडौं, भदौ १३ गते । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी...

    प्रकाशित: शुक्रबार, भाद्र ४ २०७८

    एमाले फुटेको होईन, ठाउँ भत्काउने इँटा खुस्केको हो टाल्न सकिन्छ : केपी ओली (भिडियो सहित)

      काठमाडौं भाद्र ०४ । सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    ‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

      काठमाडौं भाद्र ०२ ।अग्नि  खरेलले डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको छ । नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलले कुन...

    प्रकाशित: बुधबार, साउन २७ २०७८

    रात्रिकालीन चहलपहल बढेपछि कडाइ गर्न लागिएको हो: काली प्रसाद पराजुली

      काठमाडौंःकाठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुलीले रात्रिकालिन चहलपहल बढेकाले कडाइ गर्न लागिएको बताउनुभएको छ । उहाँले  रात्रिकालिन  चहल पहल कम गर्नका लागि उपत्यकाका जिल्ला प्रशासनहरुले  बिहीवारबाट लागू...

    प्रकाशित: बिहिबार, साउन २१ २०७८

    समितिहरुले दिएको निर्देशनको १५ प्रतिशत मात्र पूर्ण कार्यान्वयन हुन्छ – डा.रोजनाथ पाण्डे

    काठमाडौंः संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले संसदीय समितिहरुले सरकारलाई दिएको निर्देशनको १५ प्रतिशत मात्र पूर्णरुपमा कार्यान्वयन हुने बताउनुभएको छ । सोमबा न्यूज एजेन्सीसँग कुराकानी गर्दे प्रवक्ता पायडेले समितिहरुले...

    प्रकाशित: मंगलबार, साउन १९ २०७८

    अल्पकालिन योजनाले ओलम्पिक सहभागितामै सिमित हुन्छ –सुशिल नरसिंह राणा

      काठमाडौं: शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन ।...

    प्रकाशित: मंगलबार, साउन १९ २०७८

    बिआरआइ वा एमसिसिमा सरकार एकपक्षीय हुनसक्छ : पूर्व राजदूत शाह

    लामो समय यता बिथोलिएको राजनीतिक माहोललाई साम्य बनाउँदै परराष्ट्रनीतिलाई सुदृढ बनाउने जिम्मा अब नेपाली कांग्रेसका सभापति तथा नयाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई छ । देउवाले अबको नेपालको परराष्ट्रनीति, परराष्ट्रसम्बन्ध...

    प्रकाशित: मंगलबार, साउन १९ २०७८

    राजनीति र कुटनीति एक व्यक्ति र विधा होइन, टिमको काम हो : डा. शम्भुराम सिम्खडा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकारले लामो समयदेखिको कोलाहलपूर्ण राजनीतिलाई केही शान्त बनाउला कि भन्ने आशा आम मानिसले...