सुख्खा बन्दरगाह सञ्चालनको तयारीमा (भिडियो सहित )

  • News Agency Nepal

    आइतबार, असोज १७ २०७८
  • सुख्खा बन्दरगाह सञ्चालनको तयारीमा (भिडियो सहित )

     

    काठमाडौं, असोज १७ गते । काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताउनुभयो । आइतबार बिहान न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेको भन्दै उहाँले चाडैँ नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरुले सिधैँ काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पु-याउन सकिने तथा आयात, निर्यातको मुल्य घटाउन सकिने उहाँले उल्लेख गर्नुभयो । काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो । यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठुला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिनुभयो । सिसिटिभी जडान र फायर फाइटर समेत जडान गरिसकेको उहाँले बताउनुभयो ।

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    दशैँघरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते ।  गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सीमा विवादबारे भारतसँग कुरा राख्यौँ: प्रकाशशरण महत (भिडियो सहित)

    काठमाडौं, असोज २६ गते । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सेनाद्वारा टुँडिखेलमा फूलपाती हर्ष बढाइँ

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ । आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

    काठमाडौं, असोज २६ गते ।  नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    भारतबाट नेपाल फर्किनेहरूको लर्को

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    जनकपुरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते । नवरात्रको सातौं दिन दशैँ घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    शहरहरुबाट गाउँ फर्किनेको लर्को

      काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    आज फूलपाती भित्र्याईंदै

    काठमाडौं, असोज २६ गते ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जसपाका कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ (भिडियो सहति)

    काठमाडौं, असोज २५ गते । जनता समाजवादी पार्टी जसपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् । सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ‘रेल्वे विधेयक २०७६’ फिर्ता (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमवार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राष्ट्रियसभाको बैठकमा नेकपा एमालेले अवरोध कायमै (भिडियो सहित )

    काठमाडौं, असोज २५ गते । राष्ट्रियसभाको सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको छ: कमल थापा (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व....

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भयो: सुवासचन्द्र नेम्वाङ (भिडियो सहित)

        काठमाडौं, असोज २५ गते । नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    सेयर बजार: नेप्से परिसूचक २३ अंकले घट्यो

     काठमाडौं, असोज २५ गते ।  सेमबार  नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: आइतबार, असोज २४ २०७८

    डन्डीमा लागेको ३० प्रतिशत अन्त शुल्क हटाइदिन्छौं: अर्थमन्त्री (भिडियो सहित )

    काठमाडौं, असोज २४ गते । बजेट कार्यान्वयनका विषयमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगी तथा व्यापारीहरुसँग छलफल गर्नुभएको छ । आईतवार अर्थमन्त्री शर्माले आयातित स्टील बिलेटमा अन्त शुल्क बढाएपछि दुई ध्रुवमा...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश (भिडियो सहित )

      काठमाडौं, असोज २४ गते । आइतबार बसेको बागमती प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै उहाँले आफुले...