कक्षा १२ को नतिजा मङ्सिर २० भित्र

  • News Agency Nepal

    बिहिबार, मंसिर ९ २०७८
  • कक्षा १२ को नतिजा मङ्सिर २० भित्र

    काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ । नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताउनुभयो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ ।
    स्थगित परीक्षा १६ गते


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    काष्ठमण्डपको पुन:र्निर्माण कार्य सम्पन्न

      काठमाडौं, मंसिर १७ गते । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    माओवादी केन्द्रले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    कक्षा १२ काे नतिजा सार्वजनिक

    काठमाडौं, मंसिर १७ गते । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    बालाचतुर्दशी: पशुपतिमा शतवीज छर्नेको भीड

      काठमाडौं, मंसिर १७ गते । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    ध्रुव थापाद्वारा नाडाको नेतृत्वका लागि उम्मेदवारी घोषणा (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    न्यायालयमा देखिएका समस्या समाधानका लागि उपाय खोज्छु: सभामुख (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताउनु भएको छ । बिहीवार अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

    काठमाडौं, मंसिर १६ गते ।  त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधवार काठमाण्डौमा निर्वाचन पर्यवेक्षण समिति...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    प्रतिगमनतर्फ कोही नलागौं: माधवकुमार नेपाल (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गर्नु भएको छ...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ढुक्क भएर नेपालमा लगानी गर्नुस्: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    थप ३१६ जनामा कोरोना संक्रमण, ३ जानाको मृत्यु

    काठमाडौं, मंसिर १५ गते । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको: देवेन्द्र पौडेल शिक्षामन्त्री (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

     ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस्: मन्त्री आले (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८
    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    मुलुकको नेतृत्व गर्न एमाले सक्षम छ: योगेश भट्टराई (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते ।  नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    एकीकरणको अभियान संचालन गर्ने ओलीको घोषणा: केपी ओली ( भिडियो सहित )

    काठमाडौं, मंसिर १४ गते । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनु भएको छ । अध्यक्ष ओलीले...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    केपी ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण (भिडियो सहित)

      काठमाडौं, मंसिर १४ गते ।  दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    अरुको पार्टीमा आँखा लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौं: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर १४ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन तोडियो

    काठमाडौं, मंसिर १४ गते । नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरीएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन् । मंगलवार...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८