१०औँ महाधिवेशनको तयारी पुरा

  • News Agency Nepal

    बिहिबार, मंसिर ९ २०७८
  • १०औँ महाधिवेशनको तयारी पुरा

     

    काठमाडौं, मंसिर ०९ गते । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी माले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिनुभयो । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुग्नु भएको छ । उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेले बताएको छ । सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने बताउनुभयो । बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन् । कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउनुहुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले बताउनु भयो । ११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उहाँले बताउनुभयो । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    शेयर बजार: एक सातामा नेप्से १४५.५९ अंकले घट्यो

      काठमाडौं, मंसिर १७ गते । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेदवारी दिएको होइन: राजेन्द्र लिङ्देन (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेद्वारी दिएको होइन भन्नुभएको छ । शुक्रबार मनोनयन दर्तापछि अध्यक्षका उम्मेदवार राजेन्द्र...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषय ठोस् नीति बनाउनुपर्छ: निरा देवी जैरु (भिडियो सहित)

      काठमाडौं, मंसिर १६ गते । राज्य निर्देशन सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषय ठोस् नीति बनाएर जानु...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    म पनि राप्रपा जस्तै राष्ट्रवादी हाे: पुष्पकमल दाहाल (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जस्तै राष्ट्रवादी भएको बताउनु भएको छ । बुधबारबाट काठमाडौंमा सुरु...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको: देवेन्द्र पौडेल शिक्षामन्त्री (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

     ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस्: मन्त्री आले (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    कांग्रेसलाई ३० सिटमा झारेका देउवालाई फेरि सभापतिमा दोहोर्याए पार्टीलाई गाह्रो पर्छ : प्रकाशमान सिंह (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभपति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजीनामा दिनुपर्छ: पूर्णमान शाक्य (भिडियो सहित)

    काठमाडौं, मंसिर १० गते । प्रधानमन्त्रीसँगको छलफलमा सहभागि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वकील र न्याायधीशको तर्फबाट प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजिनामा दिन आवश्यक रहेको कुरा प्रधानमन्त्रीलाई बताएको संचारकर्मीहरुलाई बताउनु...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    प्रधानमन्त्रीले निकासको लागि अघि बढ्छौँ भन्नुभयो: अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, मंसिर १० गते । नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्छाैं: शिक्षामन्त्री (भिडियो सहित)

    काठमाडौं, मंसिर ०७ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताउनु भएको छ । मंगलवार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    बढ्दो लयमा सेयर बजार

        काठमाडौं, मंसिर ०६ गते । चालु आर्थिक वर्ष २०७८/७९को पहिलो तिन महिना अवधिमा नेपाली शेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ । आर्थिक वर्षको सुरुवात देखि...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुन्छ: राष्ट्रपति भण्डारी

      काठमाडौं, मंसिर ०६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताउनु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    अदालत परिसरमा प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गरियाेस्: सुवाष नेम्वाङ (भिडियो सहित)

    काठमाडौं, मंसिर ०६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले संसदीय...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक सकारात्मक

    काठमाडौं, मंसिर ०५ गते ।  चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक सकारात्मक देखिएको छैन् । पछिल्लो तीन महिनाको अवधिमा भुक्तानी सन्तुलन, रेमिटेन्स,निर्यात तथा...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    एमाले उपाध्यक्ष रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा ( भिडियो सहित )

    काठमाडौं, मंसिर ०५ गते । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आईतबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ टिभी उद्घाटन कानुन विपरीत: प्रदीप ज्ञवाली ( भिडियो सहित )

    काठमाडौं, मंसिर ०५ गते ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    क्लिन इनर्जीको उत्पादन बढाउनुपर्छ: डा. प्रेम नारायण कँडेल (भिडियो सहित)

    काठमाडौं, मंसिर ०२ गते । वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी (स्वच्छ उर्जा) को उत्पादन बढाउनु पर्ने बताउनु भएको...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    राष्ट्रपति सँग बक्सिङ्ग फेडेरेसन टोलीको भेट

      काठमाडौं, मंसिर ०१ गते । नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ । नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    सेयर बजार:नेप्से परिसूचक १६.९५ अंकले बढ्यो

     काठमाडौं,मंसिर ०१ गते । बुधबार सेयर बजारको परिसूचक नेप्सेले २८ सय अंक नाघेको छ । नेप्से परिसूचक १६.९५ अंक बढेसँगै नेप्से २८०१ मा पुगेको हो । कारोबार भइरहँदा २...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    खोकु- छिन्ताङ घटनाको ४३ वर्ष पूरा (भिडियो सहित )

      काठमाडौं, मंसिर ०१ गते ।  छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ ।  निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन...