सहिद स्मार ए डिभिजन लिग: थ्री स्टार र फ्रेन्ड्सको बराबरी

  • News Agency Nepal

    शुक्रबार, मंसिर १७ २०७८
  • सहिद स्मार ए डिभिजन लिग: थ्री स्टार र फ्रेन्ड्सको बराबरी

    काठमाडौं, मंसिर १७ गते । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट आफुलाई जोगाएको हो । यस सँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । गोल गर्न असफल भइरहेको थ्री स्टार दबाबमा परेको बेला फ्रेन्ड्सले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै झन् दबाब दिएको थियो । ५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै जाली चुमाउँदै बलियो टोलीविरुद्ध अग्रता निकालेका थिए । त्यसपछि दबाबमा परेको थ्री स्टारले काउन्टर अट्याकको रणनीति अपनाउँदै फ्रेन्ड्सलाई दबाबमा राख्न पुग्यो । कप्तान प्रकाश बुढाथोकी चोटग्रस्त हुँदै उपचारका लागि बाहिरिएको अवस्थामा कम खेलाडी भएको फाइदा उठाउँदै थ्री स्टारले बराबरी गोल फर्काउन सफल भयो । ८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपुर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए र उक्त नतिजा नै निर्णायक बन्यो । त्यसपछि पनि स्पष्ट अंकका लागि प्रयास गरे पनि थ्री स्टार सफल हुन सकेन ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालले भोली मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै

     काठमाडौं, माघ १४ गते । पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ । दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    सोलुखुम्बुमा रंगशाला निमार्णको काम तीब्र

      काठमाडौं, माघ ११ गते । एक गाउँपालिका एक खेल मैदान अवधारण सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    नेपाल आईपुग्यो मरिससको टोली

      काठमाडौं, माघ १० गते । आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    तस्बिरमा हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास

      काठमाडौं, माघ १० गते । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    आहा रारा गोल्डकप: मनाङ मस्र्याङदी सेमीफाइनमा प्रवेश

      काठमाडौं, माघ ०९ गते । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    आहा रारा गोल्डकप: पुलिस क्वार्टर–फाइनलमा प्रवेश

      काठमाडौं, माघ ०७ गते । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    आहा रारा गोल्डकप: एपीएफको बिजयी सुरुवात

      काठमाडौं, माघ ०६ गते । पोखरामा आज देखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि एपिएफलाई

      काठमाडौं, माघ ०५ गते । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

      काठमाडौं, माघ ०४ गते ।  काठमाडौँ आजबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

      काठमाडौं, माघ ०४ गते । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता: नेपाल पुलिस र एपिएफ सेमिफाइनलमा प्रवेश

      काठमाडौं, पुष २९ गते । विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी मैदानमा एपिएफले...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    ए डिभिजन लिग: शुक्रबारबाट नबौं चरणका खेल हुँदै

      काठमाडौं, पुष २९ गते । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नबौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशको सुखद सुरुवात

      काठमाडौं, पुष २६ गते । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले आजबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    ए डिभिजन लिग: थ्री स्टारद्वारा हिमालयन शेर्पा २–० गोलले पराजित

      काठमाडौं, पुष २५ गते । थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पाविरुद्ध सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    ए डिभिजन लिग: संकटा र सातदोबाटोले बराबरी खेल्दै अंक बाडे

      काठमाडौं, पुष २३ गते । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्ग शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    ए डिभिजन लिग: आठौं चरणका खेल शुक्रबारबाट हुँदै

      काठमाडौं, पुष २२ गते । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छन् । बिहीबार आठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागि सबै जसो क्लबका प्रशिक्षकले...

    प्रकाशित: मंगलबार, पुष २० २०७८

    सधैंका लागि क्याप्टेन बन्न आएको होइन: ज्ञानेन्द्र मल्ल (भिडियो सहित )

      काठमाडौं, पुष २० गते । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    सबै खेलाडी प्रशिक्षणमा आउने विश्वास छ: पुबुदु (भिडियो सहित)

      काठमाडौं, पुष १९ गते । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    ए डिभिजन लिग: हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

      काठमाडौं, पुष १९ गते । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा...

    प्रकाशित: आइतबार, पुष १८ २०७८

    मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

      काठमाडौं, पुष १८ गते । विभागीय टोली नेपाल पुुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभजिन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।...