कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

  • News Agency Nepal

    बिहिबार, मंसिर २३ २०७८
  • कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

    काठमाडौं, मंसिर २३ गते । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । उहाँले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राती १० बजेसम्मका सकिने बताउनु भयो । संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपरेको कारण काम केही ढिला भएको बताउनु भयो । उहाँले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीको शीर्ष नेता र पार्टीका केन्द्रिय सदस्य रहने व्यवस्था गरिएको बताउनु भयो । संयोजक पुडासैनीले भन्नुभयो, ‘अब हामी लगभग लगभग तयारीको अन्तिम स्थितीमा पुगेका छौँ । हाम्रो ९० प्रतिशत काम सकिएको छ । आज हामी बेलुका १० बजेसम्म प्रचारप्रसार लगायत सम्पूर्ण तयारी सम्पन्न गर्नेछौँ । प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपर्ने भएको कारणले ढिला भएको हो । मञ्च तीन स्टेपमा छ, पहिलोमा साँस्कृतिक संघको कार्यक्रम हुन्छ । जहाँ ४० जना कलाकारले एकैसाथ प्रश्तुत गर्ने गरी व्यवस्था गरेका छौँ । दोस्रो चरणमा पार्टीका शीर्ष नेताहरु, अन्य पार्टीका शीर्ष नेताहरु, विदेशी पाहुनाहरुलाई दोस्रो रोमा राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रिय सदस्य लगायत अन्य अतिथिहरुलाई राख्नेछौँ । सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ । करिव साढे ३ लाखदेखि ४ लाख मानिस सहभागी हुन्छन् ।’

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    =

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।   शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    विपद्का घटनाहरु प्रति सबै गम्भीर हुनुपर्छ: गृहमन्त्री खाँड (भिडियो सहित)

        काठमाडौं, माघ १४ गते । गृहमन्त्री बालकृष्ण खाँडले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताउनु भएको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत् छैन: गगन थापा (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

    काठमाडौं, माघ १४ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न समितिको निर्देशन (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    लिखित फाइललाई ‘डिजिटलाइजेसन’ गर्न प्रदेश यातायात मन्त्रीको निर्देशन

        कााठमाडौं, माघ १४ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावरलाई कारबाही गर्न मार्सल टिम गठन (भिडियो सहित)

    काठमाडौं, माघ १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाहि गर्ने बताउनु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    थप ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

    काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    राष्ट्रिय सभाको बैठक माघ १७ गते

    काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमवार दिउँसाे १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रिय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८
    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिन्छ: संघीय मामिलामन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    खानी विभागका महानिर्देशकसहित २७ जनाविरुद्ध मुद्दा दायर (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार...