उद्यमीहरुको उत्पादन अब दराजबाटै बिक्री हुने

  • News Agency Nepal

    बिहिबार, मंसिर २३ २०७८
  • उद्यमीहरुको उत्पादन अब दराजबाटै बिक्री हुने

     

    काठमाडौं, मंसिर २३ गते । साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइन मार्फत विक्रि वितरण हुने भएको छ । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरुलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी विक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रवन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै अब दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षको लागि दराजको अनलाइन सपिङमा निःशुल्क डस्प्लेको सुविधा पाउनुका साथै त्यसका लागि आवश्यक प्रचार, दृश्य लगायतको सुविधा पाउने भएका छन् । हस्ताक्षर समारोहमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ को कारण साना तथा मझौला उद्योगको बजार सञ्जाल टुटेको र व्यापार व्यवसायमा गिरावट आएको बताउनुभयो । महासंघ र दराजबीचको सम्झौताले बजार सञ्जाललाई जोड्ने उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा साना उद्यमीहरुको उत्पादनलाई आक्रामक रुपमा पु¥याउन सके उद्यमीहरुलाई ठुलो राहत हुने उहाँको भनाई छ ।

     

    कार्यक्रममा उपस्थित महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रामिण भेगमा उत्पादित सामग्रीहरु ग्राहकले खोजिरहेको अवस्था भएपनि बजारीकरणको माध्यम नहुँदा समस्या भएको बताउनुभयो । उहाँले महासंघ र दराजबीचको सम्झौतापश्चात रेशमी र घरेलु उद्यमद्वारा उत्पादित सामग्रीहरुको बजारीकरण हुने बताउनुभयो ।

    दराज नेपालका प्रवन्ध निर्देशक लिनो अलरिङले यस सम्झौताबाट नेपालका अन्य क्षेत्रमा थप विक्रेताहरुलाई दराजमा भित्राउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दराज नेपाल साना तथा मझौला व्यवसायको सशक्तिकरणका लागि काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सम्झौता अनुसार २०२२ जनवरीदेखि २०२२ डिसेम्बर सम्म साना तथा मझौला उद्योगलाई कुनैपनि शुल्क नलाग्ने, ईकमर्स प्रशिक्षण तथा शिक्षा दिने तथा दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्ने भएको छ । त्यस्तै महासंघले भने आफ्नो नेटवर्कमार्फत् साना तथा मझौला उद्योगको उत्पादनहरुलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने जनाइएको छ


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

      काठमाडौं, माघ १३ गते । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

        काठमाडौं, माघ १२ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय निकायले लगाउने फरक फरक करले व्यसायी समस्यामा परे: दिनेश श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । बुधबार ७० औँ...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्नुपर्छ: विष्णु अग्रवाल (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन् । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    आज भन्सारको इतिहासमा सुनौलो दिन: नारायणप्रसाद सापकोटा (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु

      काठमाडौं, माघ १२ गते । अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको अवसरमा उहाँले अनलाइन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३८.४२ अंकले घट्यो

    काठमाडौं, माघ १२ गते । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भन्सारको दरबन्दी घटाउनुपर्छ: राजेशकाजी श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा रहेको दरबन्दी घटाउनु पर्ने बताउनुभयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    निर्यातलाई पर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजिकरण गर्नु पर्ने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    व्यापारलाई सहजिकरण गर्छाैं : मधुकुमार मरासीन (भिडियो सहित)

      काठमाडौं, माघ ११ गते । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भोलिदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू हुने

    काठमाडौं, माघ ११ गते । सरकारले बुधबार (भोली)देखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ । सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झनझट...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    शेयर बजार: नेप्से परिसूचक ५.५९ अंकले घट्यो

      काठमाडौं, माघ ११ गते । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    शेयर बजार: नेप्से परिसूचक ९९.८६ अंकले घट्यो

      काठमाडौं, माघ १० गते । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ । आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    व्यापार घाटा चुलिँदै

      काठमाडौं, माघ १० गते ।  मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापार घाटा चुलिँदै गएको तथ्याङक सार्वजनिक भएको छ ।  आइतबार भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    निगमले आइओसीलाई पठायो १३ अर्ब

    काठमाडौं, माघ १० गते । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    शेयर बजार: नेप्से परिसूचक १०.८३ अंकले घट्यो

      काठमाडौं, माघ ०९ गते । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति आवश्यक: विनायक शाह (भिडियो सहित)

      काठमाडौं, माघ ०७ गते । होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताउनु भयो । उहाँले...