बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भयो: अर्थमन्त्री शर्मा (भिडियो सहित)

  • News Agency Nepal

    बिहिबार, मंसिर २३ २०७८
  • बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भयो:  अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, मंसिर २३ गते । अर्थमन्त्री जनार्दन शर्माले सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताउनु भएको छ । बिहीवार प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजना अनुसार पूँजिगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताउनु भएको हो । अर्थमन्त्री शर्माले तरलता व्यस्थापनको लागि निरन्तर रुपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताउनु भयो । मन्त्री शर्माले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०÷१० प्रतिशतका दरले पूँजिगत खर्च गर्ने योजना बनाएको तर, योजना अनुसार खर्च गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरुलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको बताउनु भयो । अहिले सरकारले वैदेशिक ऋण लिन नसक्दा पनि तरलता बन्दै गएको कुरा आएको भन्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताउनु भयो । सरकारले अहिलेसम्म ४ खर्ब १६ अर्ब रुपैयाँ अर्थात् गत आवको तुलनामा ४० प्रतिशतले राजश्व उठेकाले खासै पैसाको अभाव नभएको बताउनु भयो । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइ नसकेको बताउनु भयो । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताउनु भयो । उहाँले विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको भने पनि त्यस्तो समस्या नहुने स्पष्ट पार्नुभयो । अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौति दिए पनि चुनौतिका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताउनु भयो । अर्थमन्त्री शर्माले विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि अर्थमन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा राखेको बताउनु भयो । उहाँले अहिले विमानस्थलबाट नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएकाले यसबाट राजश्वमा टेवा पु¥याउने बचताउनु भयो । उहाँले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँचो सुनलाई थोरै बटारेर ल्याएको सुन दैनिक १९÷२० किलो जम्मा भएको बताउनु भयो । मन्त्री शर्माले सरकारले विलाशिताका वस्तुलाई पनि आयातमा नियन्त्रण गर्ने योजना बनाउने तयारी गरेको बताउनु भयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।   शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    विपद्का घटनाहरु प्रति सबै गम्भीर हुनुपर्छ: गृहमन्त्री खाँड (भिडियो सहित)

        काठमाडौं, माघ १४ गते । गृहमन्त्री बालकृष्ण खाँडले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताउनु भएको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत् छैन: गगन थापा (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न समितिको निर्देशन (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    लिखित फाइललाई ‘डिजिटलाइजेसन’ गर्न प्रदेश यातायात मन्त्रीको निर्देशन

        कााठमाडौं, माघ १४ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावरलाई कारबाही गर्न मार्सल टिम गठन (भिडियो सहित)

    काठमाडौं, माघ १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाहि गर्ने बताउनु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    राष्ट्रिय सभाको बैठक माघ १७ गते

    काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमवार दिउँसाे १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रिय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

      काठमाडौं, माघ १३ गते । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८
    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

        काठमाडौं, माघ १२ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय निकायले लगाउने फरक फरक करले व्यसायी समस्यामा परे: दिनेश श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । बुधबार ७० औँ...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्नुपर्छ: विष्णु अग्रवाल (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन् । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा...