बलिया राष्ट्रसँग सुखद नतिजा निकाल्ने लक्ष्यमा युवा टोली

  • News Agency Nepal

    बुधबार, मंसिर २९ २०७८
  • बलिया राष्ट्रसँग सुखद नतिजा निकाल्ने लक्ष्यमा युवा टोली

    काठमाडौं, मंसिर २९ गते ।  युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कपका लागि नेपाली युवा खेलाडीले तयारीलाई तिब्रता दिइरहेको छ । उमेर समूहका प्रतियोगितामा कुनै समय बलियो राष्ट्रको परिचय पाएको नेपालले प्रतियोगितामा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्दै छ । विश्वकपपछि कै ठूलो प्रतियोगिता रुपमा हेरिने एसियाकपमा नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा तयारीलाई तीब्रता दिइरहेको छ । कुनै उमेर समूहका खेलमा बलियो राष्ट्रको परिचय बनाएको नेपालले एक साता पछि युनाईटेड अरब इमिरेट्स (युएई) मा एसीसी यु–१९ एसिया कप खेल्दै छ । कोरोना महामारीका कारण तय भएका केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन नसकेको अवस्थामा नेपालले झन्डै दुई वर्ष पछि अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको हो । एसियाकपमा टेस्ट मान्यता राष्ट्र बंगालदेश, श्रीलंका र कुवेतले प्रतिस्पर्धा गर्दै छन् । सोही कारण एसियाकपलाई विश्वकपपछि कै ठूलो प्रतियोगिता रुपमा हेरिने गरेको छ । भरखरै सम्पन्न वाईवाई यु–१९ प्रतियोगिताबाट छनोट भएका युवा खेलाडीले तयारीलाई उपलब्धिमुलक बनाउने लक्ष्यका साथ अभ्यासलाई तीब्रता दिइरहेका हुन । नेपाली टोलीलाई प्रशिक्षण गराईरहेका प्रशिक्षक बसन्त शाही ठकुरीले छोटो समयको तयारीलाई उपलब्धिमुलक बनाउने लक्ष्यका साथ खेलाडीले मिहिनेत गरिरहेको र सेमिफाइनल सम्म लक्ष्य भएको बताए ।हालै सम्पन्न वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट टोलीमा अटाएका खेलाडीहरुले कम्तिमा पनि ६ खेल खेल्न पाएका कारण तयारीमा सहयोग पुगेको शाहीले औल्याएका छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताले युवा खेलाडीलाई खेल सुधारका लागि निकै सहयोग पुगेको भन्दै प्रशिक्षक शाहीले युवा खेलाडीहरु रहेका कारण टिम सन्तुलित रहेको र बलियो राष्ट्रसँग राम्रो चुनौति दिनेमा आशावादी छन् । मुख्य प्रशिक्षक शाहीले यू–१९ प्रतियोगितामा राम्रो ब्याटिङ गरेका खेलाडीहरु टिम समेटिएको भन्दै ब्याटिङ पक्षमा कमजोरी नभएको बताए । तर खेलाडीको फिटनेश र बलिङमा अझै सुधार गर्नुपर्ने बताएका छन् । त्यसका लागि केही दिन बाँकी रहेको भन्दै प्रतियोगिताको मितिसम्म सुधार हुने शाहीले अपेक्षा राखेका छन् ।

    प्रतियोगितामा सहभागि हुने नेपाली टोलीका लागि बलिया राष्ट्रका खेल्नु एउटा अवसरको रुपमा हेरिएको छ । समूह चरण पार गरे नेपालले अन्य एसियाली सुपर पावर टेस्ट राष्ट्रहरु जस्तै भारत, पाकिस्तान वा अफगानिस्तानको सामना गर्ने छ । नेपाली टोलीका प्रभाशाली खेलाडी देव खनाल पनि प्रशिक्षकले भने जस्तै अहिलेको टोलीमा दुबै ब्याटिङ र बलिङ पक्षमा सबल भएको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी छन् । हालै सम्पन्न वाईवाई यु–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका देव खनालले ब्यक्तिगत प्रदर्शनलाई प्रतियोगिताले राम्रो गर्न हौसाला मिलेको बताए । अर्का खेलाडी शेर मल्लले घरेलु प्रतियोगितामा गरेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय खेलमा पनि निरन्तरता दिँदै टोलीलाई सुखद नतिजा दिलाउन सहयोग गर्ने बताए ।

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालले भोली मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै

     काठमाडौं, माघ १४ गते । पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ । दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    सोलुखुम्बुमा रंगशाला निमार्णको काम तीब्र

      काठमाडौं, माघ ११ गते । एक गाउँपालिका एक खेल मैदान अवधारण सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    नेपाल आईपुग्यो मरिससको टोली

      काठमाडौं, माघ १० गते । आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    तस्बिरमा हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास

      काठमाडौं, माघ १० गते । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    आहा रारा गोल्डकप: मनाङ मस्र्याङदी सेमीफाइनमा प्रवेश

      काठमाडौं, माघ ०९ गते । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    आहा रारा गोल्डकप: पुलिस क्वार्टर–फाइनलमा प्रवेश

      काठमाडौं, माघ ०७ गते । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    आहा रारा गोल्डकप: एपीएफको बिजयी सुरुवात

      काठमाडौं, माघ ०६ गते । पोखरामा आज देखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि एपिएफलाई

      काठमाडौं, माघ ०५ गते । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

      काठमाडौं, माघ ०४ गते ।  काठमाडौँ आजबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

      काठमाडौं, माघ ०४ गते । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता: नेपाल पुलिस र एपिएफ सेमिफाइनलमा प्रवेश

      काठमाडौं, पुष २९ गते । विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी मैदानमा एपिएफले...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    ए डिभिजन लिग: शुक्रबारबाट नबौं चरणका खेल हुँदै

      काठमाडौं, पुष २९ गते । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नबौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशको सुखद सुरुवात

      काठमाडौं, पुष २६ गते । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले आजबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    ए डिभिजन लिग: थ्री स्टारद्वारा हिमालयन शेर्पा २–० गोलले पराजित

      काठमाडौं, पुष २५ गते । थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पाविरुद्ध सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    ए डिभिजन लिग: संकटा र सातदोबाटोले बराबरी खेल्दै अंक बाडे

      काठमाडौं, पुष २३ गते । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्ग शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    ए डिभिजन लिग: आठौं चरणका खेल शुक्रबारबाट हुँदै

      काठमाडौं, पुष २२ गते । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छन् । बिहीबार आठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागि सबै जसो क्लबका प्रशिक्षकले...

    प्रकाशित: मंगलबार, पुष २० २०७८

    सधैंका लागि क्याप्टेन बन्न आएको होइन: ज्ञानेन्द्र मल्ल (भिडियो सहित )

      काठमाडौं, पुष २० गते । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    सबै खेलाडी प्रशिक्षणमा आउने विश्वास छ: पुबुदु (भिडियो सहित)

      काठमाडौं, पुष १९ गते । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    ए डिभिजन लिग: हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

      काठमाडौं, पुष १९ गते । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा...

    प्रकाशित: आइतबार, पुष १८ २०७८

    मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

      काठमाडौं, पुष १८ गते । विभागीय टोली नेपाल पुुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभजिन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।...