अधिकांश सूचक नकारात्मक हुँदा अर्थतन्त्र गम्भीर अवस्थमा

  • News Agency Nepal

    शुक्रबार, पुष २ २०७८
  • अधिकांश सूचक नकारात्मक हुँदा अर्थतन्त्र गम्भीर अवस्थमा

     

    काठमाडौं, पुष ०२ गते । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो देखिएको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र शंकटउन्मुख देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तिय सूचकहरु सकारात्मक देखिएको छ । राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकहरुले मुलुकको अर्थतन्त्रको स्थिती निकै नै डरलाग्दो अवस्था ओरालो लागेको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा शोधानान्तर घाटा अहिलेसम्मकै उच्च भएको छ । यस अवधिमा शोधानान्तर घाटा १ खर्ब ५० अर्ब पुगेको छ । असोज मसान्तसम्म शोधानान्तर घाटा ७६ अर्ब १४ करोड रहेको थियो । यसरी पछिल्लो एक महिनामा नै शोधानान्तर घाटा दोब्बर भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्ष लागेसँगै उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सका कारण शोधनान्तर घाटा १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

    गत असार महिनामा १ अर्ब २३ करोड शोधानान्तर वचत रहेको थियो । तर, असार महिनापछि निरन्तर रुपमा घाटामा गएको छ । साउनमा ३८ अर्ब ७५ करोड घाटा पुगेको थियो भने भदौमा ८३ अर्ब ४१ करोड र असोजमा ७६ अर्ब १४ करोड घाटामा रहेको थियो । पछिल्लो एक महिनामै शोधानान्तर घाटा ७४ अर्ब २४ करोडले रुपैयाँ भएको छ । त्यस्तै,रेमिटेन्सले धानेको देशमा कात्तिक महिना रेमिटेन्स पनि ७.५ प्रतिशतले घटेको छ । चालु वर्षको सबैभन्दा कम रेमिटेन्स कात्तिकमा भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार रेमिटेन्स ७३ अर्ब १० करोड मात्र भित्रिएको छ । रेमिटेन्स ७.५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ ।

    चालु आर्थिक वर्ष शुरुवातसँगै रेमिटेन्स पनि घट्न थालेको हो । गत आर्थिक वर्षको असार महिनामा ९० अर्ब ११ करोड रुपैयाँ भित्रिएको रेमिटेन्स चालु आर्थिक वर्ष लागेपछि निरन्तर घट्दै आएको छ ।रेमिटेन्स साउनमा ७५ अर्ब ९६ करोड, भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको थियो । असोज महिनामा केही सुधार भएको थियो । यसरी सुधार भएर असोजमा ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिटेन्स आएको थियो । तर, कात्तिकमा पुनः घटेर ७३ अर्ब १० करोड रुपैयाँमा सिमित भएको राष्ट्र बैंकले जनाएको छ । चालु वर्षको चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रेमिटेन्स भित्रिएको छ । गत कात्तिकमा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भित्रिएको थियो ।

    त्यस्तै, राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति समेत घटेर दुई वर्ष यताकै न्यून अवस्थामा पुगेको छ । कात्तिक महिनामा विदेशी सञ्चिति १२ खर्ब ४४ अर्बमा रहेको छ । चालु आर्थिक वर्षको बीचमा आएर विदेशी सञ्चिति १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । सरकारले सञ्चितिमा रहेको पैसाले एक वर्षको लागि पुग्ने आँकलन गरेको थियो । तर, पछिल्लो महिना दिनमै सञ्चिति ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको राष्ट्रको वित्तिय विवरणले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय भइरहेको उच्च आयात तथा घट्दो रेमिट्यान्सका कारण विदेशी सञ्चिति घट्दै गएको देखिएको छ ।

    गत आर्थिक वर्षको अन्तिम महिनाको असार मसान्तमा अमेरिकी डलरको सञ्चिति ११ अर्ब ७५ करोड रहेको थियो । चार महिनाको अन्तरालमा अमेरिकी डलरको सञ्चितिमा १०.९ प्रतिशतले कमी आएको छ । यसरी १०.९ प्रतिशतले कमी आएर अहिले १० अर्ब ४७ करोड मात्रै अमेरिकी डलरको सञ्चिति कायम रहेको छ ।

    त्यस्तै, चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो एक महिनामा मात्रै ५१ करोड अमेरिकी डलरले विदेशी सञ्चिती घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असोजमा सरकारसँग १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिति थियो । राष्ट्र बैंकले अहिले भएको डलर सञ्चितिले ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने लक्ष्य राखेको छ ।

    त्यस्तै, नेपाली मुद्रामा डलर सञ्चिति असोजको तुलनामा कात्तिकमा ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको छ । असोजमा १३ खर्ब १९ अर्ब ३२ करोड रहेको डलरको सञ्चिति कात्तिकमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा मात्रै रहेको छ । चालु खाताको घाटा पनि एक महिनाकै बीचमा साढे ७१ अर्बले बढेको छ । असोजमा १ खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको चालु खाता कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

    त्यस्तै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा नै आयात १ खर्ब ७१ अर्ब ७७ करोडले बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा १ महिनामै १ खर्ब ५४ अर्ब ७० करोड रुपैयाँले बढेको छ ।

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।   शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    विपद्का घटनाहरु प्रति सबै गम्भीर हुनुपर्छ: गृहमन्त्री खाँड (भिडियो सहित)

        काठमाडौं, माघ १४ गते । गृहमन्त्री बालकृष्ण खाँडले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताउनु भएको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत् छैन: गगन थापा (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न समितिको निर्देशन (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    लिखित फाइललाई ‘डिजिटलाइजेसन’ गर्न प्रदेश यातायात मन्त्रीको निर्देशन

        कााठमाडौं, माघ १४ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावरलाई कारबाही गर्न मार्सल टिम गठन (भिडियो सहित)

    काठमाडौं, माघ १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाहि गर्ने बताउनु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    राष्ट्रिय सभाको बैठक माघ १७ गते

    काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमवार दिउँसाे १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रिय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

      काठमाडौं, माघ १३ गते । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८
    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

        काठमाडौं, माघ १२ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय निकायले लगाउने फरक फरक करले व्यसायी समस्यामा परे: दिनेश श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । बुधबार ७० औँ...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्नुपर्छ: विष्णु अग्रवाल (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन् । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा...