प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशको सुखद सुरुवात

  • News Agency Nepal

    सोमबार, पुष २६ २०७८
  • प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशको  सुखद सुरुवात

     

    काठमाडौं, पुष २६ गते । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले आजबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रन तथा पुलिसले सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन । यस्तै अर्को खेलमा एपिएपफले प्रदेश २ लाई २४ तथा बगामती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले हराएर प्रतियोगितामा सुखद सुरुआत गरेका हुन् ।

    १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा सबै विकेट गुमाएर मात्र ५३ रन जोड्न सक्यो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ तथा कप्तान रविन्द्र शाहीले १५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारे । सुशान भारी र शहाब आलमले दुई–दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक–एक विकेट हात पारे ।

    यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोड्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रन जोडे । हरि चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान १० रनमा आउट भए । सोमपाल कामी ९ रनमा आउट हुँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले १÷१ विकेट लिए ।

    यस्तै मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउँदा पुलिसले २ रनको रोमाञ्चक जित निकालेको हो । सुदुरपश्चिमका लागि जगेन्द्र बोहराले २७ रन जोडे । नारायण जोशीले २२ रन जोड्दा खडक बोहरा १३ रनमा आउट भएका थिए । पुलिसका आरिफ शेखले ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सर्राफले १÷१ विकेट लिए ।

    यस अघि पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रन जोडे । यस्तै पवन सर्राफले २० रन जोड्दा आरिफ शेखले १० रन बनाए । सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले ३÷३ विकेट लिए । शेर मल्लको नाममा २ विकेट रह्यो ।

    कीर्तिपुरकै अर्को खेलमा एपिएफले प्रदेश नम्बर २ लाई २४ रनले पराजित ग¥यो । १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएरमात्र १ सय ३९ रन जोड्न सक्यो । हरिशंकर साहले २६ बलमा ३६ रन तथा मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन । एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुई–दुई विकेट हात पारे । शरद भेषावकर र किशोर महतोको नाममा एक–एक विकेट रह्यो ।

    यस अघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो । एपीएफका लागि आसिफ शेखले ४५ बलमा सर्वाधिक ६३ रनको योगदान गरे । प्रदेश २ का लागि रितेश सिंहले सर्वाधिक चार विकेट हात पारे । विवेक यादवले एक विकेट लिए ।

    अर्को खेलमा बागमतीले मूलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा समेटियो । कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन तथा बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट हात पारे । रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई–दुई विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोडेको थियो । बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे ।

    प्रतियोगितामा मंगलबार पनि चार खेल हुनेछन् । मूलपानी र कीर्तिपुर मैदानमा गरी दुई÷दुई खेल हुनेछन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालले भोली मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै

     काठमाडौं, माघ १४ गते । पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ । दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    सोलुखुम्बुमा रंगशाला निमार्णको काम तीब्र

      काठमाडौं, माघ ११ गते । एक गाउँपालिका एक खेल मैदान अवधारण सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    नेपाल आईपुग्यो मरिससको टोली

      काठमाडौं, माघ १० गते । आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    तस्बिरमा हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास

      काठमाडौं, माघ १० गते । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    आहा रारा गोल्डकप: मनाङ मस्र्याङदी सेमीफाइनमा प्रवेश

      काठमाडौं, माघ ०९ गते । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    आहा रारा गोल्डकप: पुलिस क्वार्टर–फाइनलमा प्रवेश

      काठमाडौं, माघ ०७ गते । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    आहा रारा गोल्डकप: एपीएफको बिजयी सुरुवात

      काठमाडौं, माघ ०६ गते । पोखरामा आज देखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि एपिएफलाई

      काठमाडौं, माघ ०५ गते । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

      काठमाडौं, माघ ०४ गते ।  काठमाडौँ आजबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

      काठमाडौं, माघ ०४ गते । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता: नेपाल पुलिस र एपिएफ सेमिफाइनलमा प्रवेश

      काठमाडौं, पुष २९ गते । विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी मैदानमा एपिएफले...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    ए डिभिजन लिग: शुक्रबारबाट नबौं चरणका खेल हुँदै

      काठमाडौं, पुष २९ गते । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नबौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    ए डिभिजन लिग: थ्री स्टारद्वारा हिमालयन शेर्पा २–० गोलले पराजित

      काठमाडौं, पुष २५ गते । थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पाविरुद्ध सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    ए डिभिजन लिग: संकटा र सातदोबाटोले बराबरी खेल्दै अंक बाडे

      काठमाडौं, पुष २३ गते । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्ग शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    ए डिभिजन लिग: आठौं चरणका खेल शुक्रबारबाट हुँदै

      काठमाडौं, पुष २२ गते । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छन् । बिहीबार आठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागि सबै जसो क्लबका प्रशिक्षकले...

    प्रकाशित: मंगलबार, पुष २० २०७८

    सधैंका लागि क्याप्टेन बन्न आएको होइन: ज्ञानेन्द्र मल्ल (भिडियो सहित )

      काठमाडौं, पुष २० गते । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    सबै खेलाडी प्रशिक्षणमा आउने विश्वास छ: पुबुदु (भिडियो सहित)

      काठमाडौं, पुष १९ गते । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    ए डिभिजन लिग: हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

      काठमाडौं, पुष १९ गते । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा...

    प्रकाशित: आइतबार, पुष १८ २०७८

    मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

      काठमाडौं, पुष १८ गते । विभागीय टोली नेपाल पुुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभजिन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।...

    प्रकाशित: शुक्रबार, पुष १६ २०७८

    ए डिभिजन लिग: एपीएफसँग आर्मी बराबरीमा रोकियो

      काठमाडौं, पुष १६ गते । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब एपिएफ क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ...