काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रश्न- १८ बुँदे आदेश किन जारी गर्नुपर्‍यो?

  • News Agency Nepal

    बुधबार, पुष २८ २०७८
  • काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रश्न- १८ बुँदे आदेश किन जारी गर्नुपर्‍यो?

     

    काठमाडौं, पुष २८ गते ।  केहिदिन यता कोभिड संक्रमणको जोखिम बढेको छ। यसैलाई मध्यनजर गरेर काठमाडौँ उपत्यकामा भिडभाड हुने काम रोकिएको अवस्था छ । काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले १८ बुँदे आदेश जारि गरेका छन् । यो आदेशमा सर्वसाधारण देखि ब्यबसायी सम्मले के गर्न सक्ने के नगर्ने भन्ने तोकिएको छ । यो आदेशमा भएका कतिपय ब्यबस्थाले जनमानसमा भ्रम पैदा गरेको छ । यसै सन्दर्भमा काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी सँग हामीले संक्षिप्त सम्वाद गरेका छौ ।

     जिल्ला प्रशासन कार्यालय काठमाडौंले १८ बुँदे आदेश जारी गरेको छ । सो आदेश किन जारी गर्नुपरेको ?

    उत्तर:  विगत केही दिनदेखि कोभिडको संक्रमण वृद्धि हुँदै गइरहेको र विशेषगरी कोभिडको संक्रमण परिक्षणको क्रममा बढ्दै गइरहेको र त्यसले सम्भावित जोखिमलाई बढ्ने, सम्भावित स्वास्थ्य अवस्थालाई थप जोखिमपूर्ण बनाउने विश्लेषण भएपछि सीसीएमसीको सिफारिसको कार्यान्वयन गर्ने सन्दर्भमा जारी भएको आदेश हो ।

     अहिलेको अवस्था कस्तो हो, संक्रमणको जोखिमको हिसाबले हेर्दाखेरी ? सूचना कस्तो छ ?

    उत्तर:  विशेषगरी कोभिड रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा केन्द्रीय स्तरमा सीसीएमसीको संरचना छ । जिल्लास्तरमा डिसीसीएमसीको संरचना छ । केन्द्रीय स्तरको संरचना पनि स्वास्थ्य विज्ञहरु, स्वास्थ्य क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरु, पदाधिकारीहरुको सहभागिता रहन्छ । र जिल्लास्तरको संरचनामा पनि जनस्वास्थ्य विज्ञहरु, डाक्टरहरुको सहभागिता रहन्छ । विशेषगरीकन पछिल्लो अवस्थामा जुन संक्रमणदर बढ्दै गइरहेको, संक्रमणको चाप बढ्दै गइरहेको र परिक्षणका क्रममा संख्यात्मक रुपमा दिन प्रतिदिन संक्रमितहरु थपिदै गइरहेको विश्लेषणका आधारमा त्यो समिक्षा भएर नै यसलाई अब भीडभाडजन्य क्रियाकलापहरु अथवा स्वास्थ्य मापदण्डका पालनाका विषयमा थप प्रभावकारी कदम समयमा हुनुपर्ने विश्लेषण र समिक्षाकै आधारमा यो सिफारिस भएको भन्ने बुझिन्छ । र त्यो सिफारिसलाई फेरी स्थानीय स्तरमा कार्यान्वयन गर्नका लागि नै आदेश जारी भएको अवस्था हो । र अहिले पछिल्लो समयमा हामीले क्रमशः यो संख्या वृद्धि भइरहेको दैनिक विवरणहरु आइरहेका छन् । संक्रमणको दर विगतको तुलनामा गुणात्मक रुपले बढिरहेको अवस्था हो अहिले ।

    काठमाडौं उपत्यकाको सिमा, चौकीमा चेकचाँजका कुराहरु अथवा जतिपनि जाँच, परिक्षणका कुराहरु छन् । त्यसको अवस्था कस्तो छ ?

    उत्तर: दुई प्रकारले यसको व्यवस्थापन गरिरहेका छौँ । एउटा, भीडभाडजन्य क्रियाकलापको न्यूनिकरण, जनस्वास्थ्यका मापदण्डहरुको पालनालाई प्रभावकारी बनाउने । ति विषयहरुमा अनुगमनलाई पनि प्रभावकारी बनाउने । र आम रुपमा नागरिकहरुमा स्वास्थ्य मापदण्ड पालनाका लागि आह्वान गर्ने । आम नागरिकको सहयोग प्राप्त गर्ने वातावरण बनाउने । एउटा पार्ट छ भने अर्कोतर्फ कोभिडको संक्रमण र त्यसबाट प्रभावित व्यक्तिहरुलाई समयमा उपचार, समयमा त्यसको व्यवस्थापनका कुराहरुमा अस्पतालहरु, स्वास्थ्य युनिटहरु, स्वास्थ्य संस्थाहरुको अहिले जुन कोभिडको संक्रमण दर बढ्दै गएपछि अक्सिजन सिलिण्डरहरु, बेडहरु, लगायतका स्वास्थ्य सामग्रीहरुको उपलब्धता, त्यसको भण्डारण र त्यसलाई थप अपडेट गराइराख्नका लागि हिजो मात्रै डिसीसीएमसीबाट त्यो निर्णय पनि भएको छ । अक्सिजन सिलिण्डरहरुलाई अहिले कोही कसैसँग बाहिर अनौपचारिक रुपमा रहेको भए सम्बन्धित उद्योगमा, स्थानीय तहमा, अस्पतालहरुमा फिर्ता गरिदिनलाई हामीले हिजो सूचनामार्फत पनि आह्वान गरेका छौँ । त्यसैगरी सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुलाई कोभिडका उपचारका लागि आवश्यक पर्ने तयारीका साथ रहन सो सम्बन्धी व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन पनि हिजोको डिसीसीएमसीको बैठकले थप निर्णय त्यो पनि गरेको छ । एकातिर हामी यो फैलिन नदिनका लागि एकप्रकारको हाम्रो सुचनाहरु, निर्देशनात्मक आदेशहरु प्रवाह भइरहेको छ भने अर्कोतर्फ पूर्वाधारहरु तर्फपनि स्वास्थ्य मन्त्रालय लगायत, डिसीसीएमसी लगायतका हाम्रा संरचनाहरुबाट सम्बन्धित पूर्वाधारहरुको व्यवस्थापनका लागि पनि थप गतिविधिहरु अगाडी बढीरहेको अवस्था छ ।

     खोप केन्द्र कम छ, खोप लगाउनुपर्नेहरुको संख्या धेरै छ । सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य भनिएको छ । यसो हुँदा खोप कार्ड देखाएर मात्रै अरु काम, कारबाही अगाडी बढ्ने भन्दा मानिसहरुको दैनिक जीवनयापन व्यवस्थापन गर्न गाह्रो पो हुने हो कि ?

    उत्तर: अहिले खोपको अभाव नभएको अवस्था हो । खोपको लागि जुनसुकै समयमा अहिलेपनि खोप लगाउन इच्छुक व्यक्तित्वहरु अहिलेपनि सहभागी हुन सक्नुहुन्छ । त्यसरकारणले माघ ७ गते पछाडी नै त्यो खोप कार्डको व्यवस्था माघ ७ गते पछाडी नै प्रभावकारी हुनेगरी त्यो सूचनामा लेखिएको छ । यो बिचमा करिब ९० प्रतिशत माथिले काठमाडौं उपत्यकाको हकमा खोप दिने काम भइसकेको छ । बाँकी रहेको १० प्रतिशत हो । बिचमा यो खुल्ला आवत् जावत्को हिसाबले हेर्दाखेरी फ्रिक्वेन्ट्ली बाहिरका मानिसहरु आउने र जाने जुन मुभमेन्ट छ त्यसले केही संख्या तलमाथि हुनसक्छ । तर समग्रमा १० प्रतिशत जुन बाँकी संख्या हो । त्यो पनि हामीले एकहप्ता भित्रमा खोप लगाइसक्ने हाम्रो लक्ष्यका साथ माघ ७ गते पछाडी मात्रै खोप कार्डको व्यवस्था लागु हुने गरीकन सूचनामा उल्लेख भएको हो । यसले दुई वटा कुरालाई व्यवस्थित गर्छ । एउटाकुरा, खोप लगाउन छुट भएका व्यक्तिहरुलाई खोप लगाउन प्रेरित गर्छ । अर्को, खोप लगाइसकेका व्यक्तिहरुले पनि आफ्नो खोप अभिलेख आफुसँग राख्ने र त्यसले भोली जुनसुकै प्रयोजनमा पनि त्यसलाई प्रयोग गर्ने यो दुई वटै कामको प्रयोजनका लागि पनि खोप कार्डको व्यवस्था अगाडी सारिएको छ र यसले समग्रमा हेर्दाखेरी खोप लगाउन छुट भएका व्यक्तिहरुलाई पनि खोपको लागि अभिप्रेरित गर्छ भन्ने नै छ र यसले हामीलाई समग्रमा अहिले पछिल्लो समयमा खोपको अभाव नभएको र खोप लगाउन विभिन्न स्थानहरु तोकिएको, त्यसलाई सरलीकृत गरिएको अवस्था छ । यसकारण यसले दुविधा उत्पन्न हुँदैन जस्तो लाग्छ मलाई ।

     अनुगमनको कुरालाई कतिको प्रभावकारी, व्यवस्थित र तदारुकताका साथ गर्छौ ?

    उत्तर:  महामारी भन्ने विषय जटिल विषय हो । यो कुनै एउटा निकाय, कुनै एउटा संरचना, अथवा सरकार मात्रले यसलाई नियन्त्रण गर्ने, रोकथाम गर्ने भन्दापनि आम जिम्मेवारीको विषय हो । आम नागरिकको आफ्नो जिम्मेवारीको विषय पनि हो र जे जस्ता विषयहरु, नीतिहरु बनाइएको छ, त्यसको पूर्ण परिपालना गर्ने, स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने, भीडभाडजन्य गतिविधिहरु नगर्ने, यसको रोकथामका उपायहरुमा सहयो गर्ने आम नागरिकको दायित्व र जिम्मेवारी हो । त्यसलाई अनुगमन गर्ने पार्टमा अहिलेपनि सञ्चारमाध्यम पनि एउटा अनुगमन गर्ने पार्ट हो । सरकारी संयन्त्रबाट पनि आफ्नो ठाउँबाट भएकै छ । त्यसका साथसाथै स्वयम् नागरिक पनि एउटा अनुगमनकर्ता पनि हो । हाम्रो पहिलो आग्रह सम्पूर्ण नागरिकहरुमा स्वास्थ्यको मापदण्ड पालना गरिदिनका लागि, भीडभाडजन्य गतिविधि नगरिदिनका लागि नै हाम्रो पहिलो आग्रह रहन्छ । जहाँसम्म औपचारिक संयन्त्रको कुरा छ, त्यसको आदेशको पालनाका लागि हामीले सुरक्षा निकायलाई पनि निर्देशित गरेका छौँ । सुरक्षा निकायबाट पनि स्थानिय फिल्डस्तरमा आकस्मिक तथा नियमित अनुगमनहरु हुन्छ । यसका साथसाथै स्वास्थ्य संरचनाका स्वास्थ्य संयन्त्रबाट, डिसीसीएमसीको लेभलबाट, जिल्ला प्रशासनबाट पनि हामीले अनुगमन नियमित रुपमा गर्ने नै हाम्रो योजना छ । यो हाम्रो औपचारिक प्रक्रिया पुरा भयो । समग्रमा मेरो आग्रह आम नागरिकहरुले नै जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै यसको प्रभावकारी उपाय हो भन्ने मलाई लाग्छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    डिजिटल पेमेन्टको लागि पूर्वाधार र ऐन कानूनका हिसावले सहज अवस्था छ: सुभास सापकोटा

      काठमाडौं, माघ ११ गते । डिजिटल रुपमा भुक्तानी सेवा दिदै आएको निजि कम्पनि ‘इसेवा’ १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    बढ्दो शोधानान्तर घाटा कम गर्ने केहि नयाँ उपाय ल्याउन आवश्यक: अध्यक्ष अग्रवाल

    काठमाडौं, माघ ०९ गते । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ । सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    ओमिक्रोनले ज्यान लिन्छ लापरवाही नगरौँ: डा. रक्षा गौतम

      काठमाडौं, माघ ०५ गते ।  मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोन को संक्रमण पनि द्रुत...

    प्रकाशित: मंगलबार, पुष २७ २०७८

    सनराइज बैंकले सहकारीको लागि ल्याएको डिजिटल कार्ड के हो ? यसले कसरी काम गर्छ ?

         काठमाडौं, पुष २७ गते । केही समय अगाडि सनराइज बैंकले एकप्रकारको भिजा कार्ड प्रयोगमा ल्याएको छ । बाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरे जस्तै प्रयोग गर्न सक्ने गरी विभिन्न सहकारी...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    राजनीतिक गतिरोध कायमै रहे संकटकालको स्थिति उत्पन्न हुन सक्छ: देव गुरुङ

      काठमाडौं, पुष २३ गते । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने शंकटकाल सिर्जना हुने अवस्था रहेको बताउनु भएको छ । नेता गुरुङले...

    प्रकाशित: बिहिबार, पुष १५ २०७८

    के हो बाथ रोग ? कस्ता लक्षण देखा पर्छन् ?

      काठमाडौं, पुष १५ गते । अहिले देशैभरि चीसो बढिरहेको छ । बढ्दो चीसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चीसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको...

    प्रकाशित: बिहिबार, पुष ८ २०७८

    एमसीसीकै कारण गठबन्धन टुट्दैन: पुष्पकमल दाहाल

    काठमाडौं, पुष ०८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ सम्झौतका कारण अहिलेको सत्ता गठबन्धन नटुट्ने बताउनु भएको छ । न्युज एजेन्सी नेपाललाई दिएको...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    भारतले कोइला प्रयोगलाई निरन्तरता दिनुभनेको नेपालको विद्युत बजारलाई ठूलो अशर गर्नु हो: जलवायुविज्ञ डा. धर्मराज उप्रेती

    काठमाडौं, मंसिर ०९ गते । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले भारतले कोइला प्रयोगलाई निरन्तरता दिए नेपालको विद्युत बजारलाई ठूलो अशर गर्ने बताउनु भएको छ । विहिवार न्यूज एजेन्सी नेपालसँको कुराकानीमा...

    प्रकाशित: बिहिबार, कार्तिक ११ २०७८

    जलवायु परिवर्तनले सिर्जित नोक्सानीको क्षतिपूर्ति धनी देशहरुले दिनुपर्छः जलवायुविज्ञ डा. धर्मराज उप्रेती

    काठमाडौं, कात्तिक ११ गते । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले जलवायु परिवर्तनले सिर्जित गरेको हानी नोक्शानीको क्षतिपूर्ति धनी देशहरुले दिनुपर्ने बताउनुभएको छ । विहिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले जलवायु...

    प्रकाशित: सोमबार, कार्तिक ८ २०७८

    फेरि पर्यटन वर्ष मनाउने प्रस्ताव गर्दैछौं: चन्द्र रिजाल

    काठमाडौं, कात्तिक ०८ गते । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले फेरी पर्यटन वर्ष मनाउने प्रस्ताव गर्ने बताउनुभएको छ । सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्ने क्रममा उहाँले ‘भिजिट...

    प्रकाशित: आइतबार, असोज १० २०७८

    कुटनीति मार्फत नेपाल र पाकिस्तानका जनतालाई जोड्न चाहान्छु : शाहीद अफ्रिदी

    काठमाडौं, असोज १० गते ।  पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहेको बताउनुभएको छ । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    पछिल्ला सरकारहरुले ल्याएको बजेट मनमौजी र सिद्धान्त विपरित: डा. गोविन्द पोखरेल (भिडियो सहित )

    काठमाडौं, असोज ०१ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले पछिल्ला सरकारहरुले ल्याएको बजेट मनमौजी र सिद्धान्त विपरित हुने गरेको बताउनुभयो । न्युज एजेन्सी नेपालले डाक्टर पोखरेलसंग...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    दशैँको उपलक्ष्यमा यसवर्ष पनि साल्ट ट्रेडिङ्गले खाद्यान्नमा विशेष छुट दिन्छ: वज्रेश झा

    काठमाडौं, भाद्र ३० गते । साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायव महाप्रवन्धक व्रजेश झाले दशैँको उपलक्ष्यमा यसवर्ष पनि साल्ट ट्रेडिङ्गले खाद्यान्नमा विशेष छुट दिने बताउनुभयो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नायव...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    यो सरकार औसततको हुनेछ: देवेन्द्र पौडेल (भिडियो सहित)

    काठमाडौैंं, भाद्र १४ गते । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान औसतको हुने बताउनुभएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले वर्तमान गठबन्धनको...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    खोपको ट्रायलपछि औषधि पनि नेपालमै बनाउनुपर्छ: डा. प्रदिप ज्ञवाली

      काठमाडौं, भदौ १३ गते । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी...

    प्रकाशित: शुक्रबार, भाद्र ४ २०७८

    एमाले फुटेको होईन, ठाउँ भत्काउने इँटा खुस्केको हो टाल्न सकिन्छ : केपी ओली (भिडियो सहित)

      काठमाडौं भाद्र ०४ । सरकारले मंगलवार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    ‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

      काठमाडौं भाद्र ०२ ।अग्नि  खरेलले डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको छ । नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलले कुन...

    प्रकाशित: बुधबार, साउन २७ २०७८

    रात्रिकालीन चहलपहल बढेपछि कडाइ गर्न लागिएको हो: काली प्रसाद पराजुली

      काठमाडौंःकाठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुलीले रात्रिकालिन चहलपहल बढेकाले कडाइ गर्न लागिएको बताउनुभएको छ । उहाँले  रात्रिकालिन  चहल पहल कम गर्नका लागि उपत्यकाका जिल्ला प्रशासनहरुले  बिहीवारबाट लागू...

    प्रकाशित: बिहिबार, साउन २१ २०७८

    समितिहरुले दिएको निर्देशनको १५ प्रतिशत मात्र पूर्ण कार्यान्वयन हुन्छ – डा.रोजनाथ पाण्डे

    काठमाडौंः संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले संसदीय समितिहरुले सरकारलाई दिएको निर्देशनको १५ प्रतिशत मात्र पूर्णरुपमा कार्यान्वयन हुने बताउनुभएको छ । सोमबा न्यूज एजेन्सीसँग कुराकानी गर्दे प्रवक्ता पायडेले समितिहरुले...

    प्रकाशित: मंगलबार, साउन १९ २०७८

    अल्पकालिन योजनाले ओलम्पिक सहभागितामै सिमित हुन्छ –सुशिल नरसिंह राणा

      काठमाडौं: शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन ।...