निर्माण व्यवसायीहरुले जानिबुझि नै काममा ढिलासुस्ती गर्छन्: कमला रोक्का (भिडियो सहित)

  • News Agency Nepal

    बिहिबार, पुष २९ २०७८
  • निर्माण व्यवसायीहरुले जानिबुझि नै काममा ढिलासुस्ती गर्छन्:  कमला रोक्का (भिडियो सहित)

    काठमाडौं, पुष २९ गते । भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बिहीवार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले देशमा विकास निर्माणको काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । त्यसैगरी सांसदहरुले निर्माण व्यवसायीहरुले पनि विकास निर्माणको काम गर्दा जिम्मेवार भएर गर्नुपर्ने बताएका छन् । बैठकमा बोल्दै सांसद कमला रोक्काले निर्माण व्यवसायीहरुले जानिबुझि नै काममा ढिलासुस्ती गर्ने मानसिकता रहेको बताउनुभयो । सबै निर्माण व्यवसायीलाई एउटै नठानी राम्रो काम गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई कारबाही गर्ने परिपाटी बसाल्नुपर्ने बताउनुभयो । त्यसैगरी कामको अनुगमन र कारबाही कुन तहको सरकार र निकायले गर्ने भन्नेमा पनि ठोस हुनुपर्ने बताउनुभयो ।

     

    सांसद रंगमती शाहीले निर्माण व्यवसायीहरुले काम वापतको रकम पेश्की लिने र सो काम नगरी जग्गामा लगानी गरी नाफा कमाउने ध्येय लिएको सुनिने गरेको बताउनुभयो । निर्माण व्यवसायीहरुले किन थोरैमा ठेक्का लिने गरेका हुन् सो कुरा रहस्यको विषय भएको उहाँको भनाई छ । आफुलाई घाटा लाग्ने भए ठेक्का लिनु नहुने भन्दै उहाँले कमजोरी नै घटीघटाउमा ठेक्का लिनु रहेको उल्लेख गर्नुभयो ।

     

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनमा भएका समस्या र सरकार परिवर्तन भइरहँदा आयोजनाहरु अगाडी नबढ्ने समस्याका कारण समयमा निर्माण सम्बन्धी कामहरु सम्पन्न हुन नसकेको बताउनुभयो । राजनीतिक पार्टीहरुले आयोजनाको विस्तृत अध्ययन नगरी दबाब र प्रभावमा अगाडी बढाउँदा पनि समस्या उत्पन्न भएको उहाँको भनाई छ । निर्माण सम्बन्धी काममा समानुपातिक वितरण नहुनुले पनि काममा गुणस्तरीयता नहुने उहाँले उल्लेख गर्नुभयो । देशभर १५ हजारभन्दा बढी निर्माण व्यवसायी भएको भएपनि देशभरका करिब ८० प्रतिशतभन्दा बढी काम केही दर्जन निर्माण कम्पनीलाई मात्रै दिइनुपनि अर्को समस्याको रुपमा उल्लेख गर्नुभयो । यि समस्याहरुको समाधान नभएसम्म विकास निर्माणको काम द्रुत गतिमा बढ्न नसक्ने उहाँले बताउनुभयो ।

     

    निर्माण व्यवसायी हुमनाथ कोइरालाले सरकारले कानून राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीलाई काम गरेको पैसा समयमा नदिने अनि कामचाहीँ गर भन्ने गरिएको उहाँले गुनासो गर्नुभयो । निर्माण व्यवसायीको समस्या समाधानमा ध्यान दिएर सहयोग गरौँ भन्ने भावना कसैको नभएको र निर्माण व्यवसायीलाई कुनै इज्जत नगरिएको उहाँले बताउनुभयो । सरकारले कर्मचारीतन्त्रको मात्रै कुरा सुनिरहेको उहाँको भनाई छ । निर्माण सम्बन्धी ऐन, कानून बनाउँदा होस् अथवा काम अगाडी बढाउँदा होस् निर्माण व्यवसायीसँग पनि छलफल गर्न उहाँले आग्रह गर्नुभयो ।

     

    सांसद गजेन्द्रबहादुर महतले निर्माण व्यवसायीलाई कम्तिमा २० प्रतिशत पेश्की दिने व्यवस्था गरिनुपर्ने बताउनुभयो । २० प्रतिशत पेश्की दिनाले सरकारलाई धेरै राजस्व आउने तथा पुजि चलायमान हुने र आर्थिक क्रियाकलाप बढ्ने उहाँले बताउनुभयो । सांसद महतले हालका अर्थमन्त्री कञ्जुुुस् अर्थमन्त्री भएको टिप्पणी समेत गर्नुभयो ।

     

    सांसद यज्ञराज सुनुवारले विकास निर्माणको कामको सन्दर्भमा नीतिमा समस्या भएमा सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न संसदले निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले नियतमा समस्या भए दण्ड र पुरस्कारको कडा रुपले व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो । नेतालाई सत्ता र चन्दा, ठेकेदारलाई कमाउन र कर्मचारी तथा प्राविधिकलाई कमिशन भएपनि पुग्ने गरेको भन्दै यसो गर्नु देश र जनताप्रतिको घात हुने उहाँले बताउनुभयो ।

     

    उहाँले निर्माण व्यवसायीहरु राजनीतिक पार्टीका कार्यकर्ता हुँदा विपक्षी पार्टीले राम्रो काम गर्दापनि आलोचना गर्ने र आफ्नो पार्टीले नराम्रो काम गरेपनि संरक्षण गरिरहने सिष्टम बसेको भन्दै यो सिष्टम हटाउनुपर्ने बताउनुभयो ।

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।   शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    विपद्का घटनाहरु प्रति सबै गम्भीर हुनुपर्छ: गृहमन्त्री खाँड (भिडियो सहित)

        काठमाडौं, माघ १४ गते । गृहमन्त्री बालकृष्ण खाँडले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताउनु भएको छ । शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत् छैन: गगन थापा (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न समितिको निर्देशन (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । संसदीय सुनुवाई समितिले संसदीय सुनुवाईसम्बन्धि पुस्तिका नै प्रकाशित गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धि व्यवस्था, निर्णय प्रक्रिया...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    लिखित फाइललाई ‘डिजिटलाइजेसन’ गर्न प्रदेश यातायात मन्त्रीको निर्देशन

        कााठमाडौं, माघ १४ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावरलाई कारबाही गर्न मार्सल टिम गठन (भिडियो सहित)

    काठमाडौं, माघ १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाहि गर्ने बताउनु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    राष्ट्रिय सभाको बैठक माघ १७ गते

    काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमवार दिउँसाे १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रिय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८
    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिन्छ: संघीय मामिलामन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा सत्यता छैन: डब्लुएचओ

    काठमाडौं, माघ १२ गते ।  नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । केहि दिन अघि नेपाली मिडियामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    आज भन्सारको इतिहासमा सुनौलो दिन: नारायणप्रसाद सापकोटा (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु

      काठमाडौं, माघ १२ गते । अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको अवसरमा उहाँले अनलाइन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा...